Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

८ बर्षदेखि सम्पर्क विहिन छन बैदेशिक रोजगारमा गएका दिपेन्द्र

१९ असोज, कञ्चनपुर । वैदेशिक रोजगारमा मलेसिया गएका कञ्चनपुरको भीमदत्त नगरपालिका बागवानीका दीपेन्द्र दमाई ८ वर्षदेखि सम्पर्कविहीन छन् ।महाकाली ओभरसिज प्रालिबाट सन् २००३ मा उनी लेबर भिसामा मलेसिया गएका थिए ।
 उनीसँगै गएका सबै साथी घर फर्केर आइसकेको बताउँदै दीपेन्द्रका बुवा मानदेव दमाईले भने, “उनी ज्युँदो छ कि  छैन थाहा छैन ।
मलेसिया पुगेको एक वर्षपछि छोरासित सम्पर्क हुन छाडेको उनले बताए । सुरुमा त पैसा पनि पठायो”, उनले भने — “एक वर्षपछि केही खबर आएन ।  मलेसिया पुगेको नौ महिनापछि उनले घरमा चिट्ठी पठाएर आराम रहेको जानकारी दिएका थिए । कम्पनीले मासिक २१ हजार रुपैयाँ तलब दिएको उनले चिट्ठीमा उल्लेख गरेका थिए 
 अहिले उनका बुवा चिट्ठी खल्तीमा बोकर छोराको खोजीका भांैतारिरहेका छन् । मलेसियाबाट उनीसँगै गएका भतिजाहरु घर फर्केपछि उनले दीपेन्द्र सम्पर्कविहीन बनेको थाहा पाएका हुन् ।
 प्रवासी नेपाली समन्वय समितिलाई खोजीका लागि सहयोग गरिदिन नेपालीले आग्रह गरेका छन् ।
कक्षा ८ मा पढ्दै गर्दा १८ वर्षको उमेरमा उनी मलेसिया गएका थिए । चार दाजुभाइमा उनी माइला हुन् । रासस

समानाको सांस्कृतिक परिवार चैनपुरमा

खाँदबारी अशोज १९ , राष्ट्रिय स्वाधिनताका लागी सामना सास्कृतिक अभियान परिवारले संखुवासभाको चैनपुरमा सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा १० बर्षे जनयुद्धको समयमा भएका घटनाहरुलाई गित,नृत्य तथा नाटकको माध्यमबाट प्रस्तुत गरिएको थियो । कार्यक्रममा राष्ट्रिय स्वाधिनताका लागी आयोजीत कार्यक्रममा नव संसोधनबादीहरुले धोका दिएर राष्ट्रलाई धरासयी बनाएको सहभागीहरुले धारण राखेका थिए ।  उनिहरुले अरुण तेस्रो परियोजना भारतिय कम्पनी सतलुजलाई दिएर सरकारले राष्ट्रघाती निर्णग गरेको बताएका थिए । कार्यक्रममा नेकपा माओवादीका जिल्ला ईन्चार्ज राजेन्द्र कार्की प्रमुख अतिथिको रुपमा रहनु भएको थियो भने  कार्यक्रमको संयोजक सामना परिवारका बिजयले गर्नु भएको थियो ।

पूर्वराज्यमन्त्रीको सरकारी गाडी जलाइयो

धनकुटा, आश्विन १९ - पूर्व अर्थराज्य मन्त्री हरिराज खेवा लिम्बूले प्रयोग गर्दै आएको अर्थ मन्त्रालय सचिवालयको सवारी साधन सदरमुकामको चुवाबोट चोकमा शुक्रवार अपरान्ह अज्ञात समुहले तोडफोड तथा आगजनी गरेको छ ।
सडक छेउमा बा.१ झ ८८२१ नं.को सरकारी जीप राखि लिम्बु चुवाबोटस्थित हिमचुली होटलमा बसिरहेका बखत करिब दश जनाको युवा समुहले तोडफोड तथा मटि्टतेल छर्किएर आगजनी गरेको प्रत्यक्षदर्शिले जनाएको छन् । घटनाको हालसम्म पुष्टि भएको छैन भने सम्लग्नको खोजिरहेको जिल्ला प्रहरी प्रमुख प्रनाउ शरदकुमार तामाङले जानकारी दिए ।
लिम्बु आफैंले ड्राइभिङ गरी दुई साता अघिदेखि जिल्लामा पार्टिको काममा उक्त सवारी साधन प्रयोग गर्दै आएका थिए । पूर्व पदाधिकारीले सरकारी साधन दुरुपयोग गर्न नपाइने भने पछि तत्काल नियन्त्रणमा लिन प्रहरी महानिरीक्षकले निर्देशन दिए पनि लिम्बुले प्रयोग गरिएको सवारी साधन प्रहरी स्वयमले स्कर्टिङ् गर्दै आएको थियो । दुरुपयोग गरिएको सवारी साधन नियन्त्रण लिन प्रशासनले आफुलाई कुनै प्रकारको निर्देशन नदिएको जिल्ला प्रहरी प्रमुख तामाङ बताए । प्रहरी महानिरीक्षकले गरेको निर्देशनबारे समेत उनले अनभिज्ञता जनाए ।
आगलागी भए लगत्तै घटनाबारे प्रतिक्रिया लिन खोज्दा पूर्व राज्य मन्त्री लिम्बुले केहि बोल्न चाहेनन् । उनले अर्थ मन्त्रालय सचिवालयको सवारी साधन आफूले प्रयोग गरेको कान्तिपुरलाई बताए । यसबारे प्रशासनले छानविन गर्नु पर्ने उनको भनाइ छ । एमाओवादीका तर्फबाट सभासद् भएका लिम्बू बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थराज्य मन्त्री भएका थिए ।
राष्ट्रिय सहमतिको लागि एमालेले प्रदर्शन गरे लगत्तै घटना भएको थियो । चुवाबोटबाट एमाले जुलुश करिब एक सय मीटर दुरीमा पुगेपछि घटना भएको हो । तर घटनामा सम्लग्नबारे प्रहरी प्रशासनले पुष्टि गर्न सकेको छैन ।@ekantipur

सेक्युरिटी गार्डमा कार्यरत राजकुमार राईको मृत्यु

दिनेश कार्की मलेसिया ।  दमनसरास्थित Special Squad Security Services
Sdn Bhd मा सेक्युरिटी गार्डमा कार्यरत राजकुमार राईको मृत्यु भएको छ ।
प्राप्त जानकारीअनुसार यही १ तारीख बेलुका सदाझैं उनी ड्युटीमा गएका थिए
। बिहान उनलाई लिन जाने गाडी त्यहाँ लिन गएको र हर्न बजाउँदा गेट

साउदीमा ३५ नेपालीको बिचल्ली

रोजगारीका लागि साउदी अरब गएका करिब ३५ नेपाली युवा सम्झौताअनुसार काम नपाएपछि बिचल्लीमा परेका छन् । नेपाल गेट ओभरसिजमार्फत साउदी गएका उनीहरूलाई सहरभन्दा टाढा मरूभूमिमा लगेर राखिएको छ । अधिकांश युवाहरू झापा र मोरङका छन् । प्रतिव्यक्ति ९० हजारभन्दा माथि रकम लिएर कम्पनीले साउदी पठाएको थियो । काठमाडौंस्थित कम्पनीको कार्यालयमा सागर निरौला भनिने विमलका भाञ्जालाई युवाहरूले पैसा बुझाएका थिए । ती युवाहरू सुपरमार्केट तथा अफिस क्लिनरका लागि गएका थिए ।

के यौन अश्लील र घृणीत विषय हो त ?

यौन एउटा सामान्य र प्राकृतिक विषय हो। सन्तान जन्माउन तथा सृष्टि चलाउन इश्वरले दिएको उपहार हो। यसैको कारण इश्वरको सृष्टिले निरन्तरता पाएको छ। संसार चलेको नै यसैबाट छ। यौन छ र हामी छौँ, त्यसैबाट परिवारको निर्माण भएको छ, एक अर्कामा प्रेम छ, आत्मियता छ, आकर्षण छ। अर्कोरुपमा हेर्दा यौन तनाव हटाउने तथा आनन्द प्राप्तिको सरल माध्यम हो। यौन एउटा प्राकृतिक विषय हो । जस्तो हामी खाना खान्छौँ‚ पानी पिउँछौँ‚ दिशा पिशाब गर्छौँ । खाना खान नजाने बीरामी परिन्छ‚ पीउन नजाने पनि बीरामी परिन्छ । खाना खाँदैमा स्वस्थ हुन्छौँ भन्न् छैन यसको लागि पनि तरिका चाहिन्छ‚ समय चाहिन्छ ।

आज जेठ १९, दरबार हत्याकाण्ड अझै रहस्यमै

आज जेठ १९ गते । आज भन्दा ठिक दश वर्ष अघि आजकै दिन दरबार हत्या काण्ड भएको दिन । दश वर्षअघि जेठ १९ गते राती नारायणहिटी दरबार अहिलेको संग्राहलयमा भएको हत्याकाण्डबाट तत्कालिन राजा विरेन्द्र शाहको वंश नाश भएको थियो ।

सोलुखुम्बु पर्यटन महोत्सव सकियो

सल्लेरी (सोलुखुम्बु), जेष्ठ १८ - जिल्लामा पहिलो पटक पर्यटन प्रवर्धनका लागि आयोजना गरिएको सोलुखुम्बु पर्यटन महोत्सव बुधबार सम्पन्न भएको छ । उदघाटन सत्रको झाँकी प्रदर्शन होस या कृषि मेला प्रदर्शनी सबैको आकर्षण बन्यो यो महोत्सव । सधैंजसो खुम्बु क्षेत्रमा केन्द्रित रहने पर्यटक र पर्यटनसग सरोकार राख्नेहरुको ध्यान यो पटक जिल्लाको तल्लो भेग सोलुतिर पनि पुगेको छ ।

साउदीमा ६ वर्षभन्दा बढी काम गर्न नपाइने

वैदेशिक रोजगारका लागि साउदी अरब गएका नेपालीले अबदेखि ६ वर्षभन्दा बढी काम गर्न नपाउने भएका छन्। साउदीले ६ वर्षभन्दा बढी समय बिताएका विदेशी कामदारको श्रम स्वीकृति नवीकरण नगर्ने निर्णय गरेपछि यस्तो स्थिति आएको हो। साउदी नेपाली कामदारको प्रमुख गन्तब्य हो। यहाँ झन्डै ६ लाख नेपाली छन्। यसमध्ये ६ वर्षभन्दा बढी काम गर्नेको संख्या झन्डै आधा छ।
त्यहाँको श्रम मन्त्रालयका प्रवक्ता हट्टाब अल एन्जीले स्थानीयलाई रोजगार दिने नीतिअनुरुप यस्तो निर्णय गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एसपिएलाई बताए। नयाँ रोजगार नीतिको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। अरब मुलुकमै ठूलो अर्थतन्त्र भएको साउदीमा १० प्रतिशत नागरिक बेरोजगार छन्।

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

पंक्षि संसार

Photobucket
http://www.google.co.uk/images?um=

दैनिकी खबर पत्रिकाहरू

  • _____________________
  • _____________________
  • ___________________________
  • ___________________________
  • ___________________________
  • ___________________________
  • Ads
    Girls Myspace Comments

    सगरमाथा टेलिभिजन लाईभ

    ताजा समाचार सन्जालहरु

    मुद्रा बिनिमय दर

    मिति रुपान्तरण AD/BS

    महिना भरीका पपुलर पोस्ट

    नेपाली रेडियो एफ. एम

    Followers

    Archives

    Blog Archive

     

    Copyright © 2009 by हाम्रो संखुवासभा

    Template by Blogger Templates | Powered by Blogger