Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

पूर्वराज्यमन्त्रीको सरकारी गाडी जलाइयो

धनकुटा, आश्विन १९ - पूर्व अर्थराज्य मन्त्री हरिराज खेवा लिम्बूले प्रयोग गर्दै आएको अर्थ मन्त्रालय सचिवालयको सवारी साधन सदरमुकामको चुवाबोट चोकमा शुक्रवार अपरान्ह अज्ञात समुहले तोडफोड तथा आगजनी गरेको छ ।
सडक छेउमा बा.१ झ ८८२१ नं.को सरकारी जीप राखि लिम्बु चुवाबोटस्थित हिमचुली होटलमा बसिरहेका बखत करिब दश जनाको युवा समुहले तोडफोड तथा मटि्टतेल छर्किएर आगजनी गरेको प्रत्यक्षदर्शिले जनाएको छन् । घटनाको हालसम्म पुष्टि भएको छैन भने सम्लग्नको खोजिरहेको जिल्ला प्रहरी प्रमुख प्रनाउ शरदकुमार तामाङले जानकारी दिए ।
लिम्बु आफैंले ड्राइभिङ गरी दुई साता अघिदेखि जिल्लामा पार्टिको काममा उक्त सवारी साधन प्रयोग गर्दै आएका थिए । पूर्व पदाधिकारीले सरकारी साधन दुरुपयोग गर्न नपाइने भने पछि तत्काल नियन्त्रणमा लिन प्रहरी महानिरीक्षकले निर्देशन दिए पनि लिम्बुले प्रयोग गरिएको सवारी साधन प्रहरी स्वयमले स्कर्टिङ् गर्दै आएको थियो । दुरुपयोग गरिएको सवारी साधन नियन्त्रण लिन प्रशासनले आफुलाई कुनै प्रकारको निर्देशन नदिएको जिल्ला प्रहरी प्रमुख तामाङ बताए । प्रहरी महानिरीक्षकले गरेको निर्देशनबारे समेत उनले अनभिज्ञता जनाए ।
आगलागी भए लगत्तै घटनाबारे प्रतिक्रिया लिन खोज्दा पूर्व राज्य मन्त्री लिम्बुले केहि बोल्न चाहेनन् । उनले अर्थ मन्त्रालय सचिवालयको सवारी साधन आफूले प्रयोग गरेको कान्तिपुरलाई बताए । यसबारे प्रशासनले छानविन गर्नु पर्ने उनको भनाइ छ । एमाओवादीका तर्फबाट सभासद् भएका लिम्बू बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थराज्य मन्त्री भएका थिए ।
राष्ट्रिय सहमतिको लागि एमालेले प्रदर्शन गरे लगत्तै घटना भएको थियो । चुवाबोटबाट एमाले जुलुश करिब एक सय मीटर दुरीमा पुगेपछि घटना भएको हो । तर घटनामा सम्लग्नबारे प्रहरी प्रशासनले पुष्टि गर्न सकेको छैन ।@ekantipur

Comments :

0 comments to “पूर्वराज्यमन्त्रीको सरकारी गाडी जलाइयो”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger