Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

सेक्युरिटी गार्डमा कार्यरत राजकुमार राईको मृत्यु

दिनेश कार्की मलेसिया ।  दमनसरास्थित Special Squad Security Services
Sdn Bhd मा सेक्युरिटी गार्डमा कार्यरत राजकुमार राईको मृत्यु भएको छ ।
प्राप्त जानकारीअनुसार यही १ तारीख बेलुका सदाझैं उनी ड्युटीमा गएका थिए
। बिहान उनलाई लिन जाने गाडी त्यहाँ लिन गएको र हर्न बजाउँदा गेट
नखोलेपछि गाडीमा रहेका अन्य तीन जना नेपाली साथीहरु उनलाई हेर्न भनी गएका
थिए । त्यतिबेला उनी मुखबाट फिँज काढेर मृत अवस्थामा भेटिएको बताइएको छ ।
सोपश्चात् उनको शवलाई प्रहरी बोलाई पोष्टमार्टमको लागि हस्पिटल लगिएको
बताइएको छ । पोष्टमार्टमको रिपोर्ट नआएको हुनाले के कारणले उनको मृत्यु
भएको हो भन्ने पत्ता लाग्न सकेको छैन । शुरुमा उनी कार्यरत कम्पनी
मालिकले शव पठाउने सबै खर्च आफूले व्यहोर्ने बताए पनि हाल आएर सो
व्यक्तिलाई आफूले नचिन्ने बताएपछि उनको शव नेपाल पठाउन समस्या देखिएको छ
। उनको शवलाई नेपाल पठाउनको लागि उनी कार्यरत कम्पनीका साथीहरुले सहयोग
रकम संकलन गर्न शुरु गरिसकेको उनी निकट साथीले बताएका छन् । साथै उनले
सम्पूर्ण मलेसियाबासीहरुलाई सहयोग गरिदिन पनि अनुरोध गरेका छन् ।
पूख्र्यौली घर खोटाङ्ग भएका मृतकको परिवार हाल धरानमा बस्दै आएको छ । उनी
करिब ५ वर्षअगाडि मलेसिया आएका थिए ।

Comments :

0 comments to “सेक्युरिटी गार्डमा कार्यरत राजकुमार राईको मृत्यु”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger