Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

साउदीमा ३५ नेपालीको बिचल्ली

रोजगारीका लागि साउदी अरब गएका करिब ३५ नेपाली युवा सम्झौताअनुसार काम नपाएपछि बिचल्लीमा परेका छन् । नेपाल गेट ओभरसिजमार्फत साउदी गएका उनीहरूलाई सहरभन्दा टाढा मरूभूमिमा लगेर राखिएको छ । अधिकांश युवाहरू झापा र मोरङका छन् । प्रतिव्यक्ति ९० हजारभन्दा माथि रकम लिएर कम्पनीले साउदी पठाएको थियो । काठमाडौंस्थित कम्पनीको कार्यालयमा सागर निरौला भनिने विमलका भाञ्जालाई युवाहरूले पैसा बुझाएका थिए । ती युवाहरू सुपरमार्केट तथा अफिस क्लिनरका लागि गएका थिए ।
तर, उनीहरूलाई साउदी पु¥याएर जोखिमपूर्ण काममा लगाएको पीडित शुक्र देवानले बताएका छन् । जोखिमपूर्ण काम गर्न नमान्दा कुटपिट गर्ने गरेको उनले गुनासो गरे । उनीहरूलाई भोकभोकै काममा लगाएपछि स्वास्थ्यमा पनि समस्या परेको छ । युवाहरूले आफूलाई घर फर्काउने व्यवस्था मिलाउन फोनमार्फत परिवारसँग आग्रह गरेका छन् ।
कम्पनीका कर्मचारी सागर निरौलालाई फोन गर्दा उल्टै गालीगलौज तथा हप्कीदप्की गरेको मोरङका विशाल राईले बताए । घटनाबारे साउदीमा रहेका कम्पनीका प्रमुख विमल गौतमसँग सम्पर्क राख्दा उनीहरूलाई नेपाल फर्काउने प्रयास भइरहेको बताए । तर, उनी अहिलेसम्म पीडितहरूको सम्पर्का आएका छैनन् । यता पीडितका आफन्तले भने कम्पनी तथा त्यसका सञ्चालकविरुद्ध श्रम कार्यालयमा मुद्दा दर्ताका लागि तयारी गरिरहेको बताएका छन् ।

Comments :

0 comments to “साउदीमा ३५ नेपालीको बिचल्ली”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger