Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

आज जेठ १९, दरबार हत्याकाण्ड अझै रहस्यमै

आज जेठ १९ गते । आज भन्दा ठिक दश वर्ष अघि आजकै दिन दरबार हत्या काण्ड भएको दिन । दश वर्षअघि जेठ १९ गते राती नारायणहिटी दरबार अहिलेको संग्राहलयमा भएको हत्याकाण्डबाट तत्कालिन राजा विरेन्द्र शाहको वंश नाश भएको थियो ।
दश वर्ष अघि भएको सो हृदयविदारक दरबार हत्याकाण्डपछि पूर्वराजा ज्ञानेन्द्रले सत्ता हत्याएका थिए । दरबार हत्याकाण्डमा तत्कालीन युवराज दिपेन्द्र दोषी रहेको प्रतिवेदन सार्वजनिक भएपनि आम मानिसले यसलाई अझै विश्वास गर्न सकेका छैनन । सबैमा मनमा अझै पनि सो हत्याकाण्ड रहस्यमै रहेको छ ।
 ज्ञानेन्द्र निकै नै महत्वाकांक्षी भई राज्य सत्ता लिएपछि नै नेपालका तत्कालिन विद्रोही माओवादी र सात राजनीतिक दलहरु एक ठाउँमा आइ आन्दोलन गरेका थिए ।
 पूर्वराजा ज्ञानेन्द्रको महत्वाकांक्षाकै कारण नेपालमा भिषण रुपमा चर्किएको आन्दोलनबाट राजतन्त्रकै समुल नष्ट भई गणतन्त्रको उदय भएको हो ।

Comments :

0 comments to “आज जेठ १९, दरबार हत्याकाण्ड अझै रहस्यमै”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger