Browse » Home » » ज्वाँईको मुक्का प्रहारबाट ससुराको मृत्यु
ज्वाँईको मुक्का प्रहारबाट ससुराको मृत्यु
छोरीसंग झगडा गरिरहेका ज्वाँईलाई छुट्याउन जाँदा ज्वाँईको कुटपिटबाट शुक्रबार बिहान सर्लाहीको नेत्रगंजमा ससुराको मृत्यु भएको छ । छोरीसंग झगडा गरिरहेका ज्वाँई मनोज मैनालीको मुक्का प्रहारबाट ससुरा बालेश्वर सिंहको मृत्यु भएको हो । ज्वाईको आक्रमणबाट बेहोस भएका ६० वर्षीय सिंहलाई उपचारार्थ अस्पताल लैजाँदा मृत्यु भएको हो ।नेत्रगंज गाबिस-५ ससुराली नजिकै घर बनाउँदै गरेका ज्वाँई र छोरीबीच झगडा भएपछि पुगेका सिंहले छुट्याउन खोज्दा उनीमाथि ज्वाँईले मुक्का प्रहार गरेका थिए । ज्वाईको मुक्काले बेहोस भएका सिंहलाई उपचारार्थ नमुना अस्पताल हरिऔन लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ । हत्या अभियोगमा तत्कालै मैनालीलाई प्रहरीले पक्राउ गरेको छ ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “ज्वाँईको मुक्का प्रहारबाट ससुराको मृत्यु”
Post a Comment