Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

सोलुखुम्बु पर्यटन महोत्सव सकियो

सल्लेरी (सोलुखुम्बु), जेष्ठ १८ - जिल्लामा पहिलो पटक पर्यटन प्रवर्धनका लागि आयोजना गरिएको सोलुखुम्बु पर्यटन महोत्सव बुधबार सम्पन्न भएको छ । उदघाटन सत्रको झाँकी प्रदर्शन होस या कृषि मेला प्रदर्शनी सबैको आकर्षण बन्यो यो महोत्सव । सधैंजसो खुम्बु क्षेत्रमा केन्द्रित रहने पर्यटक र पर्यटनसग सरोकार राख्नेहरुको ध्यान यो पटक जिल्लाको तल्लो भेग सोलुतिर पनि पुगेको छ । नेपाल पर्यटन वर्ष सन् २०११ लाई सफल बनाउन पर्यटनका प्रसस्त संभावना बोकेको सोलुखुम्बुको गाउ गाउमा पर्यटक पुर्‍याउने उदेश्यले आयोजना गरिएको महोत्सवमा पर्यटन प्रबर्धनमा सामुहिक प्रयास आबश्यक रहेको प्रमुख जिल्ला अधिकारी यादवराज सुबेदीले बताए । 'सदरमुकामको विमानस्थल कालोपत्रे नहुदा सोलुखुम्बुको पर्यटनमा नकारात्मक असर परेको छ' सुबेदीले भने । महोत्सवमा सभासद् आङदावा शेर्पाले विविधताको धनी सोलुखुम्बुको प्रचार प्रसारमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट प्रचार प्रसारको खाचो रहेको बताईन् । सोलुखुम्बुमा पर्यटन विकासका लागि नया पदमार्गको खोजीका लागि प्रयासरत भएको टे्रकिङ एशोसिएसन टानका उपाध्यक्ष बच्चुनारायण श्रेष्ठले बताए । 'पर्यटन विकासका लागि सहकार्य गर्न प्रयास गर्नेछौं' उनले भने ।
महोत्सवमा स्थानिय गीतकार नवराज बस्नेतको मेरो हार्दिक अनुरोध नामक एल्बमको विमोजन राज्यमन्त्री खड्का सभासद् आङदावा शेर्पा र सभासद् बालकृष्ण ढुङ्गेलले संयुक्त रुपमा गरे । एल्बमको विमोचनपछि तिङ्ला गाविसका गीतकार बस्नेतले घुम्ने चियरमा बस्नेले व्हृील चियरमा बस्नेको आवाज नसुनेको बताए । 'नेपालमा लोकतन्त्र, गणतन्त्र जे आएपनि जनताको भावनालाई घुम्ने चियरमा बस्नेले विर्सेको छ' शारीरिक रुपमा अपाङ्ग बस्तेनले भने ।
यसैगरी पर्यटन महोत्सवको अवसरमा आयोजित पासाङ ल्हामु स्मृति महिला पुरुष म्याराथन प्रतियोगितामा पुरुषतर्फ बुङ ३, का किरण राई पहिलो भएका छन् । यसैगरी क्रमश जुभिङ गाविसका शेष कुमार राई दोस्रो तथा गुदेल गाविसका गर्भ सिंह राई तेस्रो भएका छन् । महिलातर्फ यस कुमारी राई, मणीकला कार्की र ईन्दिरा कार्की क्रमश पहिलो, दोस्रो र तेस्रो भएका छन् । म्याराथन प्रतियोगितामा महिला पुरुष गरी उनान्असी जनाले सहभागिता जनाएका थिए । प्रतियोगिताका विजेताहरुले, मेडल, प्रमाणपत्र र क्रमश दश हजार रुपैंया, सात हजार रुपैंया र पाच हजार रुपैंया नगदपुरस्कार प्राप्त गरेका छन् ।
पर्यटन महोत्सवले आन्तरिक पर्यटक बढ्नेमा सहयोग पुगेको स्थानिय मन कुमारी बस्नेतले बताईन् । कार्यक्रले स्थानिय पहिचान दिनको साथै खेलमा युवाको आकर्णण र आन्तरिक पर्यटक बढेको बस्नेतले बताईन् । 'जिल्ला हुने कार्यक्रमले गाउमा सामुहिक एकता र विकास हुन थालेको छ' बस्नेतले भनीन् । फ्रेन्डसिप युथ क्लबद्वारा आयोजित महोत्सवमा सात जातिको झकी प्रदर्शनी, कराते काता प्रदर्शनी, म्याराथन, खुल्ला महिला भलिबल प्रतियोगिता, भाले जुधाई, विभिन्न सागितिक मनोरञ्जन मुख्य आकर्षण रहृयो ।
सगरमाथा दिवसको अबसर पारेर आयोजना गरिएको महोत्सव यस अघि विविध कारणबस स्थगित भएको थियो । पर्यटन विकासका लागि क्लब निरन्तर लागिपर्ने फ्रेन्डसिप युथ क्लका अध्यक्ष तथा कार्यक्रमका सभापति महेश किरातीले बताए । चार दिनसम्म सञ्चालन भएको महोत्सव बुधबार सम्पन्न भएको हो । महोत्सवको उद्घाटन भौतिक योजना तथा निर्माण राज्यमन्त्री देबीराज खड्काले गरेका थिए ।
यसैगरी खुम्जुङ स्वर्ण महोत्सवको अबसरमा खुम्जुङमा सञ्चालन भएको माध्यमिक विद्यालय स्तरिय भलिबल प्रतियोगिताको उपाधि जन जागृति उच्च मा.वि सल्लेरीले जितेको छ । प्रतिस्पर्धात्मक फाईनल खेलमा विजेता उच्च मावि सल्लेरीले जुभिङ गाविसको खरिखोला उच्च माविलाई २५-१३, २४-२६, २५-१३, १९-२५ र १५-११ ले पराजित गरेको थियो । प्रतियोगितामा टाक्सिन्धु माविले तेश्रो स्थान हासिल गरेको छ

Comments :

0 comments to “सोलुखुम्बु पर्यटन महोत्सव सकियो”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger