Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

८ बर्षदेखि सम्पर्क विहिन छन बैदेशिक रोजगारमा गएका दिपेन्द्र

१९ असोज, कञ्चनपुर । वैदेशिक रोजगारमा मलेसिया गएका कञ्चनपुरको भीमदत्त नगरपालिका बागवानीका दीपेन्द्र दमाई ८ वर्षदेखि सम्पर्कविहीन छन् ।महाकाली ओभरसिज प्रालिबाट सन् २००३ मा उनी लेबर भिसामा मलेसिया गएका थिए ।
 उनीसँगै गएका सबै साथी घर फर्केर आइसकेको बताउँदै दीपेन्द्रका बुवा मानदेव दमाईले भने, “उनी ज्युँदो छ कि  छैन थाहा छैन ।
मलेसिया पुगेको एक वर्षपछि छोरासित सम्पर्क हुन छाडेको उनले बताए । सुरुमा त पैसा पनि पठायो”, उनले भने — “एक वर्षपछि केही खबर आएन ।  मलेसिया पुगेको नौ महिनापछि उनले घरमा चिट्ठी पठाएर आराम रहेको जानकारी दिएका थिए । कम्पनीले मासिक २१ हजार रुपैयाँ तलब दिएको उनले चिट्ठीमा उल्लेख गरेका थिए 
 अहिले उनका बुवा चिट्ठी खल्तीमा बोकर छोराको खोजीका भांैतारिरहेका छन् । मलेसियाबाट उनीसँगै गएका भतिजाहरु घर फर्केपछि उनले दीपेन्द्र सम्पर्कविहीन बनेको थाहा पाएका हुन् ।
 प्रवासी नेपाली समन्वय समितिलाई खोजीका लागि सहयोग गरिदिन नेपालीले आग्रह गरेका छन् ।
कक्षा ८ मा पढ्दै गर्दा १८ वर्षको उमेरमा उनी मलेसिया गएका थिए । चार दाजुभाइमा उनी माइला हुन् । रासस

Comments :

0 comments to “८ बर्षदेखि सम्पर्क विहिन छन बैदेशिक रोजगारमा गएका दिपेन्द्र”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger