डोल्माले भने एकै हप्तामा २ पटक सगरमाथा चढिन
रविन भट्टर्राई/ताप्लेजुङ ७,जेठ
मिङमा शेर्पा विश्वका ८ हजार माथिका १४ हिमालहरुको सफल आरोहण गर्ने पहिलो नेपाली बनी किर्तिमान कायम गर्न सफल हुनुभएको छ । संखुवासभा मकालु ९ निवासी शेर्पाले शुक्रवार विहान साढे ६ बजे ताप्लेजुङमा रहेको विश्वको तेस्रो हिमाल कञ्चनजंघाको सफल आरोहण गरेपछि नयाँ किर्तिमानि राख्न सफल हुनुभएको हो । सन २ हजार बाट हिमाल आरोहण थाल्नुभएका शेर्पाको अभियानले आज सफलता प्राप्त गरेको हो । सेभेन समिट ट्राभल्स प्रालिले उनको आरोहण अभियानको व्यवस्थापन गरेको थियो।
कञ्चनजंघा हिमालको सफल आरोहणपछि फोनमार्फ शेर्पाले विश्वका आठ हजार माथिका १४ वटै हिमाल आरोहण गर्ने पहिलो नेपाली बनेकोमा गर्व महसुस गरेको बताएका छन् । शेर्पाले सर्बोच्च शिखर सगरमाथा, चोयू, मकालु, मनास्लु, ल्ह्रोत्से, माउन्ट के टु, माउन्ट जी टु, शिसा पाङ्मा, ब्रोड पीक, अन्नपुर्ण र नागा पर्वतको सफल आरोहण गरेका हुन् । त्यस्तै उनले माउन्ट जी वान, धवलागिरी र कञ्चनजंघाको पनि आरोहण गरी सकेका छन् ।
यसै विच ताप्लेजुङको घुन्सामा जन्मिएकि र्छुर्इरिङ्ग डोमा शेर्पाले एकै हप्तामा दुर्इपटक सर्बोच्च शिखर सगरमाथा आरोहण गरी नयाँ किर्तिमानि राखेकि छिन् । उनले पहिलो आरोहण गत मे १२ तारिखमा गरेकि थिन भने दोस्रो आरोहण मे १९ तारीख विहान ७:१५ मा गरेकि हुन् ।










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “मिङ्मा शेर्पाको अर्को नयाँ किर्तिमानी”
Post a Comment