Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

साहित्यमा समर्पित गुल्मेली परिवारको पहिलो सांगितिक भेट – मायाको आभास

काठमाडौं । साहित्य र संगितमा समर्पित गुल्मीको एउटा परिवारले अब आधुनिक गितका श्रोताहरुलाई मायाको आभास गराउने भएको छ । गुल्मेली साहित्यकार भेषबहादुर कुंवरको साहित्यले सांगितिक रुप पाउने क्रममा आधुनिक गितहरुको एल्बम ‘मायाको आभास ’ बजारमा आउने भएको छ । दुईवटा कविता संग्रह बजारमा ल्याइसकेका गुल्मेली साहित्यकार कुंवरका सयौं कविताहरु विभिन्न पत्र पत्रिकाहरुमा प्रकाशित छन् ।एल्बममा  साहित्यकार भेषबहादुर कुंवरकी सुपुत्री मायालक्ष्मी कुंवरको स्वरमा स्वरबद्ध ६ वटा गित रहेका छन् । साहित्यकार कुंवरका छोरा ईश्वरीजंग कुंवरको कसरी सम्हालुं ( सिआरविटी ०१३००२६६३५) तथा तिम्रो नजरले  ( सिआरविटी ०१३००२६६३६ )  र विजयजंग कुवरको  रमाउन चाहन्थें ( सिआरविटी ०१३००२६६३९)  बोलका गित पनि एल्बममा समेटिएको छ ।
एल्बममा साहित्यकार भेषबहादुर कुंवरको बादल हो ( सिआरविटी ०१३००२६६३८)  बोलको गित पनि सुन्न पाइने भएको छ । एल्बमा संगितकार तथा गायक सौगात सायरको कसैले मन दुखाउदा ( सिआरविटी ०१३००२६६४०) र जुनझैं रप ( सिआरविटी ०१३००२६६३७ ) बोलको गित पनि समेटिएको छ ।
म्युजिक नेपालले बजारमा ल्याउन लागेको यो गिती एल्बम गुल्मी महोत्सवमा बिमोचन गरिने भएको छ । यो मायालक्ष्मी कुवरको पहिलो गिती एल्बम हो । गायिका कुंवरले आफ्ना गितहरु दर्शकले मन पराउने आशा गरेकी छिन् ।

Comments :

0 comments to “साहित्यमा समर्पित गुल्मेली परिवारको पहिलो सांगितिक भेट – मायाको आभास”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger