बर्दिवास, २६ वैशाख/ दुईजना पुरुषले आफूहरूसाढे दुई वर्षो एक बालकका बाबु भएको दाबी गरेका छन् । बालक चन्दन साहलाई जिल्लाको पडौल-३ का रामबाबु साह र धनुषा सपही-९ का सञ्जीव साहले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा भएको छलफलमा आआफ्नो छोरा भएको दाबी गरेपछि जिल्लामा यस कुराले निकै चर्चा पाएको छ । सपही-९ का सञ्जीवले आफ्नी पत्नी रीनादेवी र छोरा चन्दनलाई पडौल-३ का रामबाबुले भगाएर बेपत्ता बनाएको उजुरी दिएका आधारमा ज्रि्रका महोत्तरीले हिजो दुवैथरिलाई कार्यालयमा भेला गराउँदा यस्तो दाबी आएको प्रहरी नायब उपरीक्षक रामेश्वर यादवले जानकारी दिनुभयो । सञ्जीवले आफ्नी पत्नी र छोरालाई चार महिनाअघि रामबाबुले भगाएको आरोप लगाए पनि रामबाबु र रीनाले भने चारवर्षअघि नै आफूहरूले राजीखुसी बिहे गरेको बताएका छन् । रीनाले रामबाबुसँगको सम्बन्धबाट छोरा चन्दन जन्मेको बताएकी छिन् भने सञ्जीवले आफ्नी पर्ूवपत्नी रीनाले गलत बयान दिएर आफ्नो सन्तान अरूलाई सुम्पिन खोजेकी आरोप लगाएको जिप्रका महोत्तरीले जनाएको छ । नौ वर्षघि सञ्जीवसँग्ा बाबुआमाले बिहे गरिदिए पनि आफूले चारवर्षघि नै उनलाई छाडेर रामबाबुसँग बिहे गरेपछि चन्दन जम्मेको रीनाको भनाइमा रामबाबुले र्समर्थन जनाएका छन् । एउटा अवोध बालकमा दुईजनाले आफू बाबु भएको दाबी गरेपछि बालकसँग दुवैको डिएनए परीक्षण गर्राई अदालती प्रक्रियाबाट नाता छिन्न सुझाव दिइएको प्रनाउ यादवले बताउनुभयो । आफ्नो छोरा भएको दाबी गर्ने सञ्जीवले चन्दनको जन्मटिप्पणी र आफू रीना तथा चन्दनसँगै भएको फोटो प्रमाणका रुपमा पेस गरेका छन् भने रीनाले ती दुवै प्रमाण गलत भएको बताएकी छिन् । एउटा बालकमाथि दुई पुरुषको दाबीको कुरा जिल्लामा नौलो भए पनि ज्रि्रका महोत्तरीले भने दुई वर्षघि यस्तै विवाद डिएनए परीक्षणबाट छिनोफानो भएको जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “एक बालकमाथि दुई पुरुषको दाबी”
Post a Comment