Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

सीमा सुरक्षा सम्बन्धि बार्ता सम्पन्न

रविन भट्टराई,ताप्लेजुङ बैसाख २७ । चीन र नेपालको सीमा सुरक्षा र सिमाबाट हुने अबैध चोरी सीकारी नियन्त्रणमा दुबै देश सक्रिय भएर लाग्नु पर्ने दुई देशवीच सहमति भएको छ ।
 जिल्ला प्रसासन कार्यालय ताप्लेजुङ र तिब्बती प्रशासनवीच पहिलोपटक तिब्बतको रियूमा भएको बार्तामा सो सहमति भएको हो ।
प्रमुख जिल्ला अधिकारी देवराज ढकालको संयोजकत्वमा नेपाली टोलि र तिब्बतको तर्फबाट रियू राज्य डिङ्जि काउण्ट्रिका जनसरकार प्रमुख विच गत मे ५ अर्थात गएको विहिवार बार्ता भएको र बार्तामा सो कुरामा सहमति भएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।

ताप्लेजुङ भारतको सिकीम र चिनको तिब्बतसँग जोडिएको जिल्ला भएकोले सिमा सुरक्षा र चोरी निकासी अत्याधिक हुने गरेकोले पहिलो पटक वार्ता गरीएको थियो । चिन चोरी सीकारको विषयमा गम्भिर भएको र आगामि दिनमा तिब्बतबाट नाकाबाट हुने चोरी सीकारीलाई नियन्त्रण गर्न कडाईका साथ लाग्ने बचन दिएको प्रजिअ ढकालको दावि रहेको छ ।

सामान्यतया सिमा क्षेत्रमा रहेका जिल्ला प्रसासनले प्रत्येक तीन महिनामा बैठक गर्नुपर्ने दुईदेशिय निति भएको भए पनि भौगोलिक विकटताले गर्दा अगाडिका समयमा बैठक बस्न नसकेको र आगावि दिनमा सिमा बैठकलाई पनि निरन्तरता दिने विषयमा पनि सहमति भएको उहाँको भनाई छ ।

Comments :

0 comments to “सीमा सुरक्षा सम्बन्धि बार्ता सम्पन्न”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger