Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

दार्जिलिङमा भव्य विवाह

- अभिनेता तथा गायक प्रशान्त तामाङले शनिबार दार्जिलिङस्थित एक पाँचतारे होटलमा भव्य विवाह गरेका छन् । नेपाल, भारत र बैंककबाट आएका झन्डै नौसय निम्तालुलाई साक्षी राखेर 'गोर्खापल्टन' स्टारले गर्लफ्रेन्ड गीता थापामगरलाई दार्जिलिङको चलनअनुसार सेतो चामलको टीका, खादा र उपहार दिएर लगनगाँठो कसे । दुईमहिनाअघि उनीहरुबीच इन्गेजमेन्ट भएको थियो । दार्जिलिङको पाँचतारे होटल मेफेएर पूर्व इन्डियन आइडलको विहेले गुल्जार बन्यो ।
पाँचसय जनालाई निम्तो दिएपनि झन्डै नौसय निम्तालु विहेमा थिए । आफू निकटका आफन्त र साथीभाईलाई मात्र डाकिएको थियो । थरीथरीका परिकारहरु भोजमा थिए । विहे रिसेप्सनमा सहभागि एक निम्तालुका अनुसार खानपिन अत्यन्तै राम्रो र सुविधाजनक थियो । 'विहे हेर्दा १० लाख भारु खर्च भएको छ' उनले भने । विहेमा सहभागि हुन नेपालबाट निर्माता राजेश घतानी, गायक डम्बर नेपाली, गायिका प्रकृति गिरी, नील डेभिड, कर्मा शेर्पा, मन्त्र ब्यान्डलगायत गएका थिए ।

Comments :

0 comments to “दार्जिलिङमा भव्य विवाह”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger