वैशाख २६ - दैलेखका ४५ वर्षीय मारुप शाही मलेसियास्थित एक कम्पनीसँग लामो संर्घष गरेर बल्लतल्ल घर फिर्न पाए । उनी त्यहाँको टिम फोर्स सेक्युरेटी कम्पनीमा काम गर्थे । 'करार अवधि तीन वर्षको थियो,' उनले भने, 'घर फिर्न अर्को १५ महिना कुर्नुपर्यो ।' कम्पनीले भिसा नलगाई गैरकानुनी बनाएर उनलाई काममा लगाइरहेको थियो । 'हामीलाई गैरकानुनी बनाई काम लगाउने, सम्झौताअनुसारको तलब पनि नदिने । भिसा लगाइदिन बारम्बार अनुरोध गथ्यौर्ं,' उनले पीडा पोखे, 'सधैं हुन्छ भनेर टारिरहन्थ्यो ।'
नेपाली सेनामा पेन्सन पकाएर मलेसिया उडेका उनले गैरकानुनी रूपमा बस्नुपर्दा झन्डै जेलको समेत अनुभव लिनुपरेको थियो । 'धन्न जोगिएँ,' उनले भने, 'राहदानी हराइदिएपछि ट्राभल डकुमेन्ट बनाएको थियो । त्यसको पनि म्याद सकिन लागेपछि मात्रै स्वदेश पठाउने योजना गरेको थियो । यो जानकारी पाएपछि दूतावासलाई अनुरोध गरियो । दूतावासको पहलमा बल्ल स्वदेश आइयो ।'
नेपाली दूतावासका अनुसार नयाँ कामदार ल्याउन लाग्ने खर्च जोगाउन कम्पनीहरू कामदारलाई गैरकानुनी बनाएर काममा लगाउन निकै सिपालु छन् । 'टिम फोर्स मात्रै होइन अरू काम्पनीहरूले पनि करार अवधि सकेका कामदारलाई तुरुन्तै घर पठाउन तयार हुँदैनन्,' श्रम सहचारी सूर्य भण्डारीको अनुभव छ, 'पीडित कामदारले समस्या लिएर दूतावासमा उजुरी दिएपछि तुरुन्तै कम्पनीविरुद्ध काम गरिहाल्छौं ।'
भण्डारीका अनुसार नयाँ कामदार ल्याउनभन्दा पुरानालाई राखेर काममा लगाउँदा कम्पनीलाई आर्थिक भार पर्दैन । 'सुरुमा थप सेवा सुविधा दिने भनेर लोभ्याउँछन्,' शाहीले भने, 'त्यसपछि काम गर्न थाल्दा गैरकानुनी बनाइदिन्छन् । त्यसपछि पूरै कम्पनीले जे भन्छ, त्यो चुप लागेर गर्नुको विकल्प हुँदैन ।' एक जना पुराना कामदारलाई राख्दा कम्पनीको प्रतिकामदार २५ सयदेखि ४५ सय रिङरेट जोगिन्छ ।
टिम फोर्सले गैरकानुनी बनाएका नेपाली कामदार धेरै भएको शाहीले जनाकारी दिए । त्यस कम्पनीमा मात्रै ७०/८० गैरकानुनी कामदार छन् । गैरकानुनी बनेका उनका अरू साथी कृष्ण गुरुङ, पदम छेत्री, होमबहादुर लामिछाने, सूर्य नेपाली, रुपेन्द्र लिम्बु, तिलक खड्ग दूतावासको पहलमा स्वदेश आउन सफल भएका छन् ।
भण्डारीले व्यावसायिकभन्दा पारिवारले चलाएका कम्पनीहरूमा गैरकानुनी बनाएर राख्ने समस्या बढी रहेको बताए । मलेसिया सरकारले आफ्नो मुलुकमा झन्डै १८ लाख आप्रवासी कामदार कार्यरत छन् । त्यत्तिकै संख्यामा गैरकानुनी हुन सक्ने उसको अनुमान छ ।
वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कुमुद खनालले कामदार समयमा नपाउने हुनाले पुराना कामदार रोक्ने प्रवृत्ति बढेको बताए । 'पुराना कामदारलाई निरन्तरता दिँदा उत्पादन पनि घट्दैैन ।
अर्कोतर्फ उनीहरू निकै तालिम पाइसकेका हुन्छन्,' उनले भने, 'त्यसकारण उनीहरूलाई सकभर रोक्ने प्रयास गरिन्छ । नमानेमा पाँच वर्षसम्म ल्याएको भनेर कामदारलाई धम्क्याइन्छ ।' सरकारलाई वाषिर्क रूपमा प्रतिकामदार १३ सय ३० रिङगेट लेबी तिर्नुपर्ने हुँदा कामदारलाई गैरकानुनी बनाउने गरेको महासचिव खनालले बताए । उनका अनुसार बढ्दो गैरकानुनी रोक्न मलेसिया सरकारले औंठाले चिन्ने व्यवस्था लागू गर्ने योजना गरिरहेको छ ।
http://www.ekantipur.com/np/

Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “मलेसियामा कामदारलाई गैरकानुनी बनाएर राख्ने प्रवृत्ति बढ्दो”
Post a Comment