काठमाडौ,जेष्ठ ८ - मिलन रोकाले तेस्रो केसा ग्रुप/जेटीआई खुला जुनियर टेनिसको यू-१६ ब्वाइज सिंगल्सतर्फको उपाधि शनिबार जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा मिलनले अचल थापालाई ६-० र ६-२ ले हराए । मिलनले सुमन कार्कीसँग मिलेर यू-१६ ब्वाइज डबल्सको उपाधि पनि जिते । उक्त जोडीले अचल थापा र आनन्द गौचनको जोडीलाई ६-४ र ६-४ ले पाखा लगायो । अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगितामा विभूति कार्कीले दोहोरो स्वर्ण चुमिन् । विभूतिले यू-१२ र यू-१४ गल्र्स सिंगल्समा बाजी मारिन् ।
प्रतियोगितामा व्यक्तिगत स्पर्धामा दोहोरो स्वर्ण जित्ने विभूति एक्ली हुन् ।
विभूतिले यू-१२ मा एनि माथेमालाई ९-५ ले हराइन् । यू-१४ मा मायांका राणालाई ६-३ र ६-४ ले निराश पारिन् । यू-१० गल्र्स सिंगल्समा एनि माथेमा शीर्ष स्थानमा रहिन् । फाइनलमा एनिले करुणा गौचनको चुनौती ९-६ ले समाप्त पारिन् । यस्तै, ब्वाइजमा संरक्षकभूषण वज्राचार्य पहिलो भए । उनले प्रशान्त बस्नेतलाई ९-६ ले हराए ।
यू-१४ ब्वाइज सिंगल्समा आइभन हो लिसानेविचले पहिलो स्थान ओगटे । उपाधि भिडन्तमा आइभनले अभय गौचनलाई ६-२ र ६-४ ले पछि पारे । यू-१२ ब्वाइज सिंगल्समा रेजनले संरक्षकभूषण वज्राचार्यलाई ९-५ ले हराए ।
केसा ग्रुपको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा पुनम श्रेष्ठ/अनुष्का मल्लको जोडी यू-१६ गल्र्स डबल्स च्याम्पियन बन्यो । पुनम र अनुष्काको जोडीले गीता श्रेष्ठ र आकृति आचार्यको जोडीलाई ६-२ र ७-६ ले हरायो । पाँचदिने प्रतियोगितामा १ सय ९ ब्वाइज र ७४ गल्र्ससहित १ सय ८३ प्रतियोगीले १२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Comments :
0 comments to “मिलनलाई उपाधि”
Post a Comment