क्वालालम्पुर । मलेसियाको क्लाङमा रहेको एक कम्पनीमा तीन दिनको फरकमा दुई जनाको ज्यान गएको छ भने पेनाङमा एक नेपालीको सुतेकै अबस्थामा ज्यान गएको छ ।
क्लाङबाट हरि चौधरीले जनाएअनुसार जलान कापरको वातुतिगामा रहेको सिङफोन फर्निचर कम्पनीमा कार्यरत सुनसरीका जसोदिन नेपाली र ताप्लेजुङका शान्तिराम थापाको तीन दिनको फरकमा ज्यान गएको हो भने गफार हुसेन उपचारपछि होस्टलमा फर्किएका छन ।
शरिर शुनिने र वाववाकि लाग्ने भएपछि नेपालीलाई उपचारको लागि अस्पतालमा लगिएको थियो । अस्पतालवाट र्फकेको केहि दिनपछि मे १० तारिखका दिन उनको ज्यान गएको हो । त्यस्तै विरामी भएपछि थापालाई पनि अस्पताल लगिएको थियो । अस्पतालमा उपचार गराईरहेकै अवस्थामा मे १३ तारिखका दिन उनको ज्यान गएको हो ।
नेपाली सात महिनाअघि र थापा एघार महिनाअघि रोजगारीको सिलसिलामा मलेसिया आएका थिए । नेपालीको परिवारमा एक श्रीमति, पाँच छोरी र एक छोरा रहेका छन भने थापाको परिवारमा एक श्रीमति चार छोरा रहेको वुझिएको छ । नेपालीको शवलाई पोसमार्टमपछि नेपाल पठाईएको छ भने थापाको शवलाई नेपाल पठाउने तयारी भैरहेको छ । पोर्समार्टमको रिपोर्टबारे भने थाहा हुन सकेको छैन ।
पेनाङमा एक नेपालीको सुतेको सुत्यै
यसैगरि पेनाङमा रहेको एक पेट्रोल पम्पमा काम गर्ने नेपाली श्रमिकको सुतेकै अवस्थामा ज्यान गएको छ । मे ७ तारीखका दिन पेनाङ्गको जुलुतुङ्ग कोम्तारमा रहेको एक पेट्रोल पम्पमा कार्यरत सुशील थापा मगरको सुतेको सुतै अवस्थामा ज्यान गएको हो ।
सधैझैं ड्युटीबाट आई खाना खाई सकेपछि मदिरा पिएर सुतेको उनका साथीहरुले बताएका छन । रातको करीव १२ बजेतिर उनले जोडसँग कराएपछि सबै साथीहरु उठेर हेर्न जाँदा उनको मृत्यु भइसकेको बताइएको छ । हाल थापाको शवलाई पेनाङ्गकै एक सरकारी अस्पतालमा राखिएको छ । कम्पनी मालिकका अनुसार केही समयमा नै उनको शवलाई नेपाल पठाइनेछ । काभ्रेपलान्चोक, पोखरी नारायणस्थान- ३, निवासी मगर आजभन्दा करिब २ वर्षअगाडि बिराट एसोसिएसन ओभरसिज बानेश्वरबाट मलेसिया आएका थिए ।
जोहोरमा एक नेपालीले गरे आत्महत्या
यसैवीच धेरै नेपालीहरु रहेको जोहोर राज्यमा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । गत हप्ताको मंगलवारका दिन जोहोरको पेकनानसमा रहेको इस्मोत इण्डटिजमा कम्पनीमा कार्यरत डडेलधुरा असिसरम ९ का ललित राज अवस्थिले झुण्डियर आत्महत्या गरेका हुन्ण् ।
दिउँसो साथीहरु काममा गएको मौका छोपी उनले साथीहरुको कोठामा गएर आत्महत्या गरेका हुन् । आत्महत्या गर्नु भन्दा केहि दिन अगाडि उनले साथीभाईहरुसंग टाउको दुखेको वताएका थिए । टाउको दुखेको थाहा पाएपछि कम्पनी मालिकले उनलाई उपचार गराउन लगेको जोहोरबाट छविलाल गिरीले अनलाइनखवरलाई बताएका छन् । उनको शवलाई पोर्समार्टमपछि नेपाल पठाईसकिएको छ ।

Comments :
0 comments to “मलेसियामा एक सातामै चार नेपालीको ज्यान गयो”
Post a Comment