५ जेठ, काठमाडौं । नेपाल पत्रकार महासघका सभापति शिव गाउँले सहितको सहभागीतामा नागरिक अपिलको नाममा माओवादी विरुद्ध वक्तव्य दिईएको भन्दै नेपाल पत्रकार महासंघका पदाधिकारी, पार्सद तथा विभिन्न प्रतिष्ठान शाखाका सभापतिहरुले आपत्ति जनाएका छन् ।
उनीहरुले जारी गरेको विज्ञप्तिमा नेपाल पत्रकार महासंघ जस्तो पत्रकारको हककित र पेशागत स्वतन्त्रताको पक्षमा लड्ने स्वतन्त्र संस्थाले त्यस प्रकारको अभिव्यक्ति सार्वजनीक गर्नु आफैंमा सुहाउँदो कुरा होईन भनिएको छ ।
‘नागरिक अपीलको नाममा सार्वजनिक गरिएको उक्त अपील विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र हालसम्मका सबै सहमतिका विरुद्ध हुने हाम्रो ठहर छ’– विज्ञप्तिमा भनिएको छ ।
पत्रकार महासंघका अध्यक्ष गाउँलेको पनि हस्ताक्षर रहेको सो अपीलमा संविधानसभाको म्याद थप्नका लागि जेठ १४ अगावै माओबादी लडाकुको हतियार वुझाउने वा नष्ट गर्नुपर्ने माग गरिएको थियो ।
सो अपीलको विरुद्ध नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दामोदर तिम्सिना, संगीता खड्का, प्रभात चलाउने लगायतकाले संयुक्त विज्ञप्ति जारी गरी भत्र्सना गरेका हुन् ।
पत्रकार महासंघमा नेकपा एमाले र एकीकृत नेकपा माओबादी निकटका पत्रकारहरुको बाहुल्यता छ ।

Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “पत्रकारल महासंघमा विवाद”
Post a Comment