Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

भुवन केसी कुटिए गर्ल फ्रेन्ड (शर्मिला) का पतिबाट

सुस्मितासँगको सम्बन्धबिच्छेदपछि शर्मिला डंगोल नामकी एक बिबाहित युवतीलाई आफ्नी नयाँ प्रेमिका भनेर चिनाउँदै आएका भुवन केसीलाई तीनै प्रेमिकाका श्रीमानले बिच सडकमै भकुरेका छन् । पर्दामा हिरो बनेर सधैं गुण्डालाई पिटिरहने र सधैजसो जितिरहने भुवन केसीले सनिवार दिउँसो भने बिच सडकमै कुटाइ खानुपर्‍यो त्यो पनि फिल्मी शैलीमै । प्रत्यक्षदर्शीका अनुसार भुवनलाई शर्मिलाका पतिले पैसाको लोभमा आफ्नी श्रीमतीलाई बरालेको भन्दै सनिवार मध्यान्ह करिव पौने १२ बजे कोटेश्वर चोकमा गाडीबाट थुतेर कुटेका थिए । भुवन र शर्मिला गाडीमा कोटेश्वरबाट भक्तपुरतिर गइरहेका थिए । गाडी शर्मिलाले हाँकिरहेकी थिइन भने भुवन फ्रन्ट सिटमा थिए । तर उनीहरुको गाडीलाई एउटा मोटरसाइकलले पिछा गरिरहेको थियो । गाडी नजिकै पुगेपछि मोटरसाइकलमा सवार पुरुषले चिच्चाउँदै गाडी रोक्न भने । तर शर्मिलाले गाडी रोक्न मानिनन् । अन्ततः ती पुरुषले गाडीलाई ओभरटेक गरे र अगाडी लगेर मोटरसाइकल तेर्साए । अब भने शर्मिलाले गाडी नरोकि सुखै भएन् । मोटरसाइकलबाट ओर्लिएपछि ती पुरुषले हेल्मेट निकालेर गाडीको सिसा फोर्न खोजे । त्यसपछि भुवनले गाडीको सिसा खोले । सिसा खोलेपछि शर्मिलाका पतिले भुवनको कपाल भुत्लाउँदै हेल्मेटले उनको टाउकोमा हानिरहे । गर्लफ्र्रेन्डका पतिले यसरी तथानाम नाम गाली गदै मुक्का हानिरहँदा पनि भुवन सामान्य प्रतिकार गर्नेबाहेक अरु केही गर्न सकेनन् । यतिबेलासम्म त्यहाँ भीड जम्मा भइसकेको थियो । भुवनले भने यो बेफकुफ हो, यो पागल हो भन्दै कराईरहेका थिए । डंगोलले भने आफ्नो सम्पत्ति हडप्न श्रीमतिको पछि लागेको भन्दै अश्लिल गाली गरिरहेका थिए । त्यही शर्मिलाका पतिले शर्मिलालाई समेत दुई चार झापु दिइसकेका थिए । करिव १५ मिनेटको द्वन्द्वपछि भुवन त्यहाँबाट कोटेश्वर चोकतिर भागे । शर्मिलाले हाँकिरहेको गाडी डंगोल दम्पतीकै रहेछ । घटनाका प्रत्यक्षदर्शी बालकोट निवासी राजन ढुंगानाका अनुसार त्यसपछि डंगोलले हातमा हेलमेट लिएर पहिले भुवन बसेकै सिटमा बसे । डंगोलले पत्नीलाई सम्झाउन खोजेपनि शर्मिला भने होस उडेको अबस्थामा थिइन, उनी केही पनि सम्झन सक्ने अबस्थामा थिइनन् । उनी भागिसकेपछि प्रहरी पनि त्यहाँ पुग्यो । सुरुमा त दुर्घटना भएर भिडभाड भएको हो कि भनेर प्रहरी अलमलियो पनि । पछि डंगोल दम्पती र गाडीलाई कोटेश्वरस्थित ट्राफिक प्रहरी कार्यालय पुर्‍याइयो । शर्मिलाको लाइसेन्सबाट उनीहरु पतिपत्नी रहेको प्रमाणित भएपछि प्रहरीले छाडिदिएको थियो । महानगरिय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरिक्षक प्रेमराज जोशीले भने सामान्य पति-पत्नीको झगडा भएकाले छाडिएको बताउनुभयो । प्रहरी पुग्दा कुटाइ खाने ब्यक्ति भागिसकेको र डंगोल दम्पतीले पछि मान्छे पठाएर गाडी फिर्ता लगेको जोशीले जानकारी दिनुभयो । भुवन केसी भने यो घटनापछि मिडियाको सम्पर्कमा आएका छैनन् । शर्मिलाका दुई छोरी र श्रीमान छन् । केही दिनअघि ललितपुर प्रहरीको रोहवरमा भएको छलफलमा शर्मिला र उनका पतिवीच सम्बन्ध बिच्छेद गर्ने सम्पत्ति अंशबण्डा गर्ने सहमति भएको थियो । डंगोलको अधिकांश सम्पत्ति पत्नी शर्मिलाकै नाममा भएकाले प्रहरीले उनका बैंक खाता रोक्का गर्ने प्रकृया समेत थालेको छ ।

Comments :

0 comments to “भुवन केसी कुटिए गर्ल फ्रेन्ड (शर्मिला) का पतिबाट”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger