Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

प्रियंका विहे गर्न राजी, केटो चाहियो

नयाँ दिल्ली, वैशाख ३१ (बीबीसी) हिराका गहना मन पराउने प्रियंका चोपडासँग विहे गर्न चाहनेहरुको सूचि लामै बन्छ होला। तर प्रिंका जसको पर्खाइमा छिन त्यो उनले अझै भेटेकै छैनन्।  भन्छिन्- ‘म त आजै बिहे गर्न चाहन्छु; केटो त भेटौं।' बलिउडकी बोल्ड हिरोइनलाई कस्तो वर चाहिएको होला ? ‘त्यस्तो खास केही पर्दैन', पूर्व मिस वर्ल्डले भनिन्- ‘जसले दिल र ज्यानले चाहन्छ। बस्।' प्रियंकाको माग सामान्य भए पनि उनीसँग विहे गर्नलाई कुनै वर छैन। तै पनि उनी गहनाका कुरा गर्न रुचाउँछिन्। ‘हर केटीहरुसँग जस्तै म पनि हिरा मन पराउँछु।' एक गहनाको ब्रान्डको प्रवर्द्धनका लागि दिल्ली आएकी उनले आफ्नो गहना रोजाइ खुलस्त सुनाइन्। जहाँ प्रियंका छिन् त्यहाँ फिल्मको कुरा नउठ्ने त कुरै भएन। ‘धेरै फिल्ममा व्यस्त छु एउटा हो डन-२' उनले सुनाइन्। डन २ को सुटिङ सकाएर भर्खरै प्रियंका बर्लिनबाट फर्किएकी हुन्। शाहरुख खान, फरहान अख्तरका साथ काम गर्दा रमाइलो लागेको उनको अनुभव छ। डन २ का साथ अनुराक बसुको फिल्म बर्फीमा पनि उनले काम गरिरहेकी छन्।

Comments :

0 comments to “प्रियंका विहे गर्न राजी, केटो चाहियो”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger