Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

आफ्नै विश्व किर्तिमान तोड्दै आपा शेर्पाद्धारा फेरि सगरमाथाको सफल आरोहण

२८ बैशाख, सोलुखुम्बु । आफैले राखेको विश्व किर्तिमान तोड्दै आपा शेर्पाले आज २१ औँ पटक सगरमाथा आरोहण गर्नुभएको छ । शेर्पाले आज बिहान सवा ९ बजे सगरमाथाको सफल आरोहण गरेको एसियन ट्रेकिङ कम्पनीका अध्यक्ष आङछिरिङ शेर्पाले बताउनुभएको छ । सगरमाथा आधार शिविरमा पर्यटन मन्त्रालयका सन्चार अधिकारीका रुपमा रहेका तिलक पान्डेले पनि यसको पुष्टि गर्नुभएको छ ।
सोलुखुम्बुको नाम्चे गाविसस्थित थामे निवासी ५१ वर्षीय शेर्पाले ११ औँ पटकदेखि सगरमाथा आरोहणमा आफ्नो किर्तिमान आफैले तोड्दै आउनुभएको छ ।
उहाँसँगै ४ नेपाली, एक स्वीस र एक अमेरिकीले पनि सगरमाथाको सफल आरोहण गरेका छन् ।
हिजो राति १० बजेदेखि ७ हजार नौ सय मिटरको उचाइमा रहेको सगरमाथाको अन्तिम आधार शिविरबाट यात्रा थालेका उनीहरुले आज बिहान सगरमाथा शिखरमा पाइला टेकेका हुन् ।

Comments :

0 comments to “आफ्नै विश्व किर्तिमान तोड्दै आपा शेर्पाद्धारा फेरि सगरमाथाको सफल आरोहण”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger