टोक्यो । थकाली सेवा समिति जापानको आयोजना बिहीवार टोक्योमा २० औं शुभकामना साँझ सम्पन्न भएको छ । नेपालबाट आएका चर्चित कलाकाहरु अन्जु पन्त, गोपाल नेपाल फिष्टे र हास्य अभिनेता मनोज आचार्य तथा जापानका रहेका स्थानीय नेपाली कलाकारहरुको सहभागीतामा बिविध सांस्कृतिक प्रस्तुतीका साथ कार्यक्रम सम्पन्न भएको थियो ।
प्रमुख अतिथि तथा एकीकृत नेकपा माओवादीका नेता अमिक सेरचलने थकालीहरुको लोकपि्रय खेलको बाँण हानेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष दीपक गौचनले स्वागत मन्तब्य राख्नुभएको थियो भने एनआरएनका केन्द्रीय प्रवक्ता डा. कुमार वस्नेत र जापान कमिटिका प्रवक्ता डा. राजेन्द्रप्रसाद पराजुलीले थकालीहरुका देवताको तस्वीरमा माल्र्यापण गर्नुभएको थियो ।
जापानमा गएको भूकम्प र सुनामीका कारण कुनैपनि उत्सवजन्य कार्यक्रम नगर्ने र सहभागी पनि नहुने नीतिका कारण जापानका लागि नेपाली राजदूत डा. गणेश योञ्जन कार्यक्रमा उपस्थीत नभएपनि शुभकामना सन्देश भने पठाउनुभएको थियो ।
कार्यक्रमको प्रमुख आर्कषणका रुपमा रहेकी लोप्रिय गायिका अन्जु पन्तले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेकी थिइन् । यस्तै हास्य कलाकार गोपाल नेपाल फिष्टे र मनोज आचार्यको प्रहसनले उपस्थीत नेपालीहरु पेट मिचीमिची हाँसेका थिए ।
कार्यक्रममा भूकम्प र सुनामी पिडीत जापानीहरुप्रति सद्भाव र ऐक्यवद्धताका लागि प्लेकार्ड प्रर्दशन गरिएको थियो ।










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “थकाली सेवा समितिको शुभकामना साँझ सम्पन्न”
Post a Comment