विराटनगर , पुस २९ - मोरङको गोविन्द्रपुर गाविसका १३ जना युवा मलेसियामा अलपत्र परेका छन् ।
स्थानीय इलियस मियाँ मार्फत काठमाडौं गौशालास्थित एसियन म्यानपावरवाट चार महिना अघि मेलेसिया पुगेका ती युवाहरु कम्पनीले भनेको भन्दै अन्य काममा लगाएका कारण अलपत्र परेका हुन् । अलपत्र परेका आफन्तहरुले जिल्ला प्रशासन कार्यालय मोरङमा फिर्ता ल्याउनका लागि सहयोग गरी मियाँलाई कारबाहीको माग गर्दै निदेवन समेत दिएका छन् ।
एकै पटक १७ जना युवाहरु १ लाख ३५ हजार सम्म रकम तिरी मलेसिया गएका थिए । मोवाइल कम्पनीमा काम दिलाइ दिने र तलव समेत राम्रो दिन सत्रमा त्यहाँ पुगेका युवाहरुलाई जोखिम पुर्ण काम लगाएको र तलव समेत न्युन दिएकाले घर फर्कन खोजेको गोविन्द्रपुर गाविसका पुर्व अध्यक्ष कनेरुलाल राजवंशीले बताए । उनका अनुसार चार जना युवा घर आइ सकेका छन् र अन्य साथीहरु जोखीममा रहेको र सवै घर र्फकन चाहेको फर्केका युवाले वताएका छन् ।
मलेसियावाट उक्त गाविसका मोहमत जलाइद मियाँ, धिरेन शाह, अरुण सिंह र जागेश्वार मेहेता दुई साता अघि घर आइपुगेका हुन् । उनीहरु स्वास्थ्यमा समेत समस्य भएको अध्यक्ष राजवंसीले वताए । मलेसियामा खाना नदिने, जोखीम पुर्ण काम लगाएको पीडितहरुले वताएका छन् ।
अहिले मलेसीयामा उक्त गाविसकै विरुवा राजवंशी, मो जलाल मियाँ, अनिल शाह, प्रकाश ताजपुरीया, चन्द्र मुर्म, कालु माझी, धनवहादुर आचार्य, जयप्रकाश राजवंशी, अर्जुन राजवंशी, हालीम मियाँ, मोहमद ज्याबुल हक, एगेन्द्र कुमाल र रामरायण चौधरी रहेका छन् ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “मोरङका १३ युवा मलेसियामा अलपत्र”
Post a Comment