Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

बस दुर्घटनामा एकको मृत्यु, ३० घाइते

तेह्रथुम, वैशाख २४ - धनकुटाको सिंधुवा बजार नजीक शनिवार अपरान्ह २ वजे यात्रु वाहक वस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जना वढि घाइते भएका छन् । धरानवाट संखुवासभाको मुडेशनिश्चरे तर्फ आउँदै गरेको को १ ख २१४७ नम्वरको संजिवनी यातायातको वस दुर्घटनामा परेको हो । दुर्घटनामा वसन्तपुर ६ मुसाङखेलका १५ वर्षीय समिर कार्कीको घटनास्थलमै मृत्यु भएको छ ।
बसका चालक दिलवहादुर कार्कीको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये १४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरीक्षक अरुण विसीले वताए ।

घाइते सात जनाको धनकुटा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ पठाइएको उनले वताए । अन्य घाइतेको धनकुटा अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । बस सडकबाट १ सय मिटर तल खसेको छ ।

Comments :

0 comments to “बस दुर्घटनामा एकको मृत्यु, ३० घाइते”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger