काठमाडौं । विदेशी कुटनीतिज्ञहरुले अनमिन फर्किएपछि नेपालको शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउने नेपालका राजनीतिक दलहरूको योजनाप्रति चासो व्यक्त गरेका छन् । उनीहरूले दलहरुबीचको तिक्तताले नेपालको शान्तिप्रक्रियामा परेको प्रभावप्रतिसमेत चिन्ता व्यक्त गरेका छन् । नेपालका लागि बेलायती राजदुत जोन टक्नटले आज विहान नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालालाई भेटेर अनमिनको बर्हिगमनपछि सेना समायोजन तथा पुनःस्थापनाका लागि दलहरुले बनाएको योजनाप्रति चासो राख्नु भएको छ । कोइराला निवास महाराजगञ्जमा भएको भेटमा राजदुत टक्नटले छिटो नयाँ सरकार गठन गरी शान्तिप्रक्रियालाई गति दिन आग्रह गर्नुभएको थियो ।
भेटमा उहाँहरुबीच जारी राजनीतिक गतिरोध, संविधान निर्माण, शान्तिप्रक्रिया र नयाँ सरकार गठनलगायत विषयमा छलफल भएको कोइराला निकट स्रोतले जनाएको छ । शान्ति प्रक्रियामा बेलायत सरकारले पुर्याउने सहयोगका बिषयमासमेत उहाँहरुबीच कुराकानी भएको बताइएको छ ।
जवाफमा कोइरालाले अनमिनको म्याद अब नथपिने र विशेष समितिले शान्तिप्रक्रियाको बाँकी कामलाई पूर्णता दिने प्रतिबद्धता जनाउनु भएको थियो ।
यसअघि हिजो अमेरिकी राजदुत स्कट एच डेलिसीले एमाले अध्यक्ष झलनाथ खनाललगायतका नेताहरुसँग भेटेर नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणबारे चासो व्यक्त गर्नुभएको थियो ।
मुलुकमा राजनीतिक सङ्कट गहिरिदै जाँदा नेपालस्थित विदेशी कुटनीतिज्ञहरुले भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।
Browse » Home »
नेपाल समाचार
» शान्तिप्रक्रियाप्रति कुटनीतिज्ञको चासो
शान्तिप्रक्रियाप्रति कुटनीतिज्ञको चासो
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “शान्तिप्रक्रियाप्रति कुटनीतिज्ञको चासो”
Post a Comment