Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

प्रेमिका हत्या गर्ने युवकलाई र्सबश्व सहित जन्मकैदको सजाय

प्रदिप पन्त बागलुङ ,एघार महिना अगाडि आफनै प्रेमिकालाई हत्या गर्ने बागलुङ गल्कोटका एक युवक र उनलाई सहयोग गर्ने अर्का एक व्यक्तिलाई जिल्ला अदालत बागलुङले र्सबश्व सहित जन्मकैदको सजाय तोकेको छ । गत माघ २० गते बागलुङको हटिया ३ कि १८ सुसिला सहानीलाई उनकै प्रेमी हरिचौरका डिक्सन मल्ल र भारतको किसनगञ्ज घर भई हटियामा मोटरसाइकल वर्कसप सञ्चालन गरिरहेका राज खान भन्ने मोहमद मिर शहिकारले छुरा प्रहार गरि हत्या गरेका थिए ।
हत्या पछि पक्राउ परेका मल्लले प्रहरीको वयानमा अबैध रुपमा रहेको गर्भपतन गर्न नमान्दा प्रेमिकालाई चक्कुले रेटेर हत्या गरेको स्विकार गरेका थिए । शुसिलाले आफ्नो पेटमा रहेको गर्भपतन गर्न नमानेपछि भारतीय साथीको सहयोगमा उसको हत्याको स्वीकार गरेका डिक्सन मल्ल र साहनीको हत्या गर्न मल्ललाई सघाएका भारतीय नागरिक राज खान बिरुद्ध जिल्ला अदालत बागलुङमा र्सवस्व सहित जन्मकैदको माग गर्दै मुद्धा दायर गरिएको थियो । गल्कोट उच्चमाबिमा कक्षा १२ मा अध्ययनरत साहानी र हरीचौर निवासी मल्ला बिच सात महिना अघिदेखि प्रेम सम्बन्ध रहेको अनुसन्धानपछि मल्लले स्विकार गरेका थिए । उक्त घटनमा पिडित पक्षले हत्यारालाई कारबाही गर्न माग गर्दै सात ११ महिना अगाडि हटिया स्थित प्रहरी चौकी ध्वस्त बताएका थिए ।

Comments :

0 comments to “प्रेमिका हत्या गर्ने युवकलाई र्सबश्व सहित जन्मकैदको सजाय”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger