३ जनवरी, काठमाडौं । एकीकृत नेकपा माओवादीले उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई आन्दोलनको मोर्चा र स्थायी समिति सदस्य नेत्रविक्रम चन्द ‘विप्लव’लाई वाइसीएल इन्चार्जको जिम्मा दिने भएको छ । डा. भट्टराई यसअघि पनि संयुक्त जनआन्दोलन समितिको संयोजक हुनुहुन्थ्यो भने वाइसीएलको जिम्मा कुलप्रसाद केसी ‘सोनाम’ले सम्हाल्दै आउनु भएको थियो । सोनाम सेना समायोजन विषेश समितिको सचिवालयमा सदस्य रहेकोले वाइसीएल इन्चार्जको जिम्मा विप्लवलाई दिन लागिएको स्रोतले जनाएको छ ।
यसैगरी इन्चार्ज खालि रहेको लिम्बुवान राज्यसमितिको इन्चार्जमा लोकेन्द्र विष्टलाई प्रस्ताव गरिएको छ ।
मधेसमा पार्टीको प्रभाव कम रहेको निष्कर्ष निकालेको माओवादीले आठजना मधेसी नेताको बढुवा पनि गर्नेछ । रामकुमार यादव, रामकुमार शर्मा, महेन्द्र पासवान, प्रभु शाह, श्रवण यादव, कृष्णदेव सिंह दनुवार, हकिकुल्लाह खाँलगायतलाई पोलिटव्युरो सदस्य बनाउन अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा प्रस्ताव पेश गर्ने बताइएको छ ।
जिम्मेवारी हेरफेरलगायतका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने प्रस्तावलाई आज अपरान्ह १ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्ने केन्द्रीय समिति बैठकले पारित गर्नेछ ।
केन्द्रीय कमिटिको बैठक बस्नु अघि बिहान ११ बजे स्थायी समितिको बैठक बस्नेछ । केन्द्रीय कमिटिमा छलफल गर्न एजेण्डा तयार गर्न केहि बाँकी रहेको र प्रस्तावका बारेमा समेत निक्र्यौल गर्न बाँकी रहेकोले बैठक बस्न लागेको स्थायी समिति सदस्य विप्लवले जानकारी दिनुभयो । उहाँका अनुसार अनमिनको म्याद थप गर्न सरकारले अस्वीकार गरेको बिषयमा कानुनी प्रक्रिया खोज्ने बिषयमा पनि स्थायी समितिले केन्द्रीय कमिटिलाई प्रस्ताव गरेको छ ।
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “कारबाहीको साटो बाबुरामलाई आन्दोलन”
Post a Comment