Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

ताप्लेजुङमा हिमपात

ताप्लेजुङ, पुस १८ - शुक्रबार रातिदेखि हिमाली वस्तीमा छाउन थालेको हिमपातको क्रम आइतवार तल्लो वस्ती सम्म झरेको छ । शनिवार राति परेको हिमपात तल्लो क्षेत्रसम्म झरेको हो । हिउपर्ने क्रमले सुरुमा जिल्लाका ओलाङचुङगोला, याङमा, घुन्सा लगायतका उच्च हिमाली वस्तीमा मात्रै प्रभाव पारेको भएपनि शनिवार रातिको हिउँले लेलेप, ग्याब्ला, फले, जोङ्गीन सम्म प्रभाव जमाएको ती क्षेत्रका वासिन्दाले बताएका छन । यी वस्तीहरुमा दुइ फुट सम्म हिउ जमेको छ । हिमपातकै कारण प्रशिद्ध तिर्थस्थल पाथीभरा जाने तिर्थयात्रीहरु पनि प्रभावित भएका छन । २ हजार ७ सय मिटरको उचाइमा रहेको माथिल्लो फेदी देखि ३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा डाडा सम्मनै हिउले भरिएको छ । जसका कारण चिसोका कारण पाथीभरा जाने तिर्थयात्री प्रभावित भएका छन ।

Comments :

0 comments to “ताप्लेजुङमा हिमपात”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger