१८ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्डु'ले शान्तिप्रकि्रया र संविधान लेखनकार्यमा आएका समस्या समाधानका लागि उत्पीडित समुदायहरु एकजुट भएर आन्दोलन गर्नुको विकल्प नभएको बताउनु भएको छ ।
माओवादीसम्बद्ध मुस्लिम राष्ट्रिय मुक्ति मोर्चा नेपालले हिजो काठमाडौंमा आयोजना गरेको 'नयाँ संविधान निर्माणको अवस्था र मुस्लिम समुदायको भूमिका' विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अधिकार खोसेर मात्रै प्राप्त गर्न सकिने भएकाले सङ्घर्षमा जानैपर्ने बताउनुभयो ।
शान्तिप्रकि्रया निष्कर्षमा पुग्ने र संविधानसभाबाट संविधान लेखिनेबारे अझै टुङ्गो भइनसकेको प्रचण्डले बताउनु भयो ।
शान्तिप्रकि्रया निष्कर्षमा पुग्ने र संविधानसभाबाट जनताको संविधान बन्नेमा चिन्ता व्यक्त गर्दै उहाँले सुनिश्चितताको लागि आन्दोलन नै एकमात्र विकल्प भएको बताउनुभयो ।
जनयुद्धकालमा माओवादीविरुद्ध सङ्कटकाल लगाउनेहरुले शान्तिप्रकि्रया विथोल्ने खोजेको उहाँको भनाई छ । अध्यक्ष प्रचण्डले अनमीनलाई कामचलाउ सरकारले सहमतिविना एकतर्फी पठाउन खोजिरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । कम्तीमा जेठ १४ सम्म अनमिन नेपालमा रहनु पर्ने उहाँको भनाई छ ।नेपालको शान्तिप्रकि्रया हिजो देशमा सङ्कटकाल लगाउनेहरुबाट समस्यामा पर्दै गएको भन्दै उहाँले अहिले शान्तिप्रकि्रया संवेदनशील ठाउँमा पुगेको बताउनुभयो ।
Browse » Home »
नेपाल समाचार
» अनमिन जेठ १४ सम्म रहनुपर्छ, अब आन्दोलनको विकल्प छैन : प्रचण्ड
अनमिन जेठ १४ सम्म रहनुपर्छ, अब आन्दोलनको विकल्प छैन : प्रचण्ड
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “अनमिन जेठ १४ सम्म रहनुपर्छ, अब आन्दोलनको विकल्प छैन : प्रचण्ड”
Post a Comment