Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

प्रेम कविता महोत्सब हुने

न्यु योर्क बाट संचालित अनलाइन रेडियो हिमाली स्वरहरुले बिगत दुई बर्ष देखि आयोजना गर्दै आएको "अन्तराष्ट्रिय प्रेम कविता महोत्सब"यस बर्ष पनि प्रेम दिवस(Valentin 's Day) को दिनमा न्यु योर्कको कुईन्स लाइब्रेरीको सहकार्यमा फेब्रुवरी महिनाको १४ तारिखका दिन कूइन्स,वुडसाईडमा अबस्थित "कुईन्स लाइब्रेरीमा" आयोजना गर्ने भएको छ||महोत्सबमा कविताहरु नेपाली,अंग्रेजी लगायत अन्य बिबिध भाषामा वाचन गरिने छ|पाठकहरुले संसारको जुनसुकै देश र शहरबाट आफ्नो प्रेम कविताहरु इमेल मार्फत पठाएर,प्रत्यक्ष् सहभागी भएर वा आफैले रेकोर्ड गरेर पनि प्रस्तुत गर्न सक्ने छन| कार्यक्रममा न्यु योर्कका नेपाली साहित्यानुरागीहरुको साथै समुदायका अन्य कबि/साहित्यकारहरुको पनि उपस्थिति हुने छ|कार्यक्रममा प्रेम कविता वाचन गर्नुहुने उपस्थित कबि/साहित्यकारहरुलाई बिसेष उपहारको व्यवस्था गरिएको छ|
एक अर्का प्रति प्रेम भाब बढाउन र साहित्यको पुरानो र महत्वपूर्ण विधा कविता मार्फत अजर अमर प्रेम व्यक्त गर्न भ्यालेन्टाइन डे को दिनमा यो कविता महोत्सबको आयोजना गर्न लागिएको हो| कार्यक्रममा बाचित कविताहरु हिमाली स्वरहरु-अनलाइन रेडियोको वेबपेज मार्फत प्रत्यक्ष् प्रसारण गरिनुका साथै संकलित कविताहरुको अडियो र पुस्तक संग्रहपनि प्रकासित गरिने छ|
प्रेम संग सम्बन्धित आफ्नो रचनाहरु इमेल ठेगाना nepaliradio@gmail.com वा टेलिफोन न. १३४७ २४८ ९४२६ मा फोन गरेर पनि रेकोर्ड गर्न सकिने छ. कार्यक्रमको बारेमा थप जानकारीको लागी कार्यक्रम संयोजक सहदेव पौडेल लाई सम्पर्क गर्न हुन अनुरोध छ|
-------------------------------------------------------------------------
कार्यक्रमको थप जानकारी: "तेस्रो अन्तरास्ट्रिय प्रेम कविता महोत्सब " मिती:फेब्रुवरी १४,सोमबार,२०११ (प्रेम दिवस,Valentin 's Day ) समय :३ बजे देखि ५ बजे सम्म स्थान:क़ुईन्स पब्लिक लाईब्रेरी , ५४-२२ स्किल्म्यान अभेनिउ , वुड साइड , आफ्नो रचना मेल मार्फत पठाउनुहोस nepaliradio@gmail.com अथवा फोन मार्फत रेकर्ड गराउ...नुहोस् १ ८१४ ४६२ २५४१

Comments :

0 comments to “प्रेम कविता महोत्सब हुने”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger