विजय सन्तोषी राईधनकुटा
धनकुटा २४ पौष ;राप्रपा नेपालको अध्यक्ष कमल थापाले धनकुटामा आयोजित पत्रकार सम्मेलनमा अहिलेको संविधान सभाले कुनै पनि हालतमा संविधान निर्माण गर्न नसक्ने ठोकुवा गर्दै नया निर्वाचनमा जानु विकल्प नरहेको वताउनु भयो ।
राप्रपा नेपाल धनकुटद्धारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले प्रमुख दलहरुको सत्ता लिप्साका कारण मुलुकमा संविधान निर्माण प्रकि्रया अगाडी वढ्न नसकेको वताउनु भयो । एकिकृत माओवादीले गर्ने भनेको जनविद्रोह डेड सकिएको औषधी भएको संज्ञा दिदै अध्यक्ष थापाले एकिकृत माओवादीले कुनै पनि हालतमा जनविद्रोह गर्न नसक्ने ठोकुवा समेत गर्नु भयो ।
संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको बकलात गर्दै अध्यक्ष थापाले त्यसका लागि जनमत संग्रह गर्नु पर्नेमा समेत जोड दिनु भयो । उहाले जनमत संग्रह नगरी अगाडी बढे राप्रपा नेपाललाई माजुर नहुने र मुलुक ठूलो गृह युद्धमा समेत फस्ने चेतावानी दिनु भयो ।
प्रमुख दलहरुले देशलाई अहिले वर्वाद बनाएको वताउदै अध्यक्ष थापाले कांग्रेस एमाले र माओवादीका कारण अहिले शान्ति प्रकि्रया र संविधान निर्माण कार्य लथालिङ्ग भएको समेत आरोप लगाउनु भयो ।
डाडाबजार कांग्रेसमा वस्नेत
धनकुटा २४ पौष नेपाली कांग्रेस डाडाबजारको आज सम्पन्न वृहत भेलाले डाडाबजार गाउ कार्य समितिको सभापतिमा पलक वहादुर वस्नेतलाई चयन गरेको छ ।
डाडाबजारमा भएको उक्त भेलामा नेपाली कांग्रेस धनकुटाका सभपाती मनोहर नारायण श्रेष्ठले शान्ति विनाको संविधानको अर्थ नहुने भएकाले शान्ति र संविधान निर्माण प्रकि्रयालाई संग संर्गै अगाडी वढाउनु पर्नेमा जोड दिनु भयो ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटा क्षेत्र नं। १ का सभापती गोविन्द्र कार्कीले नेपाली कांग्रेसको संगठन विस्तारका लागि गाउ जागरण अभियान संचालन गर्ने वताउनु भयो ।
नेपाल शिक्षक संघका अध्यक्ष गंगाराम ढुंगानाले प्रजातान्त्रिक शक्ति वलियो भयो भने मात्र नया संविधान निमाण हुन सक्ने भएकाले प्रजातान्त्रिक शक्तिलाई संगठित गरी सशक्त बनाउनु पर्नेमा जोड दिनु भयो ।
नेपाली कांग्रेस धनकुटा जिल्ला कार्य समितिका सदस्य दुर्गा प्रसाद लिम्बुको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले शान्ति प्रकि्रया र संविधान निर्माण कार्यलाई अगाडी वढाउन जन दवाव आवाश्यक रहेको वताउनु भयो ।
Browse » Home »
नेपाल समाचार
» नया निर्वाचनमा जानु एक मात्र विकल्प :कमल थापाको भनाई
नया निर्वाचनमा जानु एक मात्र विकल्प :कमल थापाको भनाई
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “नया निर्वाचनमा जानु एक मात्र विकल्प :कमल थापाको भनाई”
Post a Comment