Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

राजाको तस्वीर अंकित नोट नचल्ने


२५ पौष, काठमाडौं । आउँदो चैत्र महिनादेखि राजाको तस्विर अंकित नोटहरु नचल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले आगामी फागुनभित्रै राजाको तस्वीर अंकित नोट बजारबाट खिच्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ ।
नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अश्विनीकुमार ठाकुरले पुराना नोटका आयु कम हुने भएकोले राष्ट्र बैंकले त्यस्ता नोट खिचेर सफा नोट मात्र चलनचल्तीमा लैजान लागेको जानकारी दिनुभयो ।

‘ग्राहकलाई पुराना, कोरिएका, स्टिच लागेका र राजाका तस्वीर भएका नोट भुक्तानी नदिन बैंक तथा बित्तिय संस्थाहरुलाई निर्देशन दिइसकेका छौं,’ विभागका कार्यकारी निर्देशक ठाकुरले भन्नुभयो । ग्राहकबाट बैंक तथा बित्तिय संस्थामा आएका नोट राष्ट्र बैंकमा साटेर सफा नोट लैजाने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।
ठाकुरका अनुसार पुराना र राजाको तस्वीर अंकित नोट चैत्रपछि निश्चित ठाउँमा मात्रै केही अवधिका लागि लिने गरी नीति बनाइने र सो अवधिमा नआएमा प्रचलनमा प्रतिबन्ध लाग्ने छ ।
विक्रम सम्बत् २०६३ सालयता नेपाल राष्ट्र बैंकले राजाका तस्वीर अंकित नोट प्रचलनमा ल्याएको छैन । त्यसअघिका नोट पुराना भइसकेकाले खिच्न लागिएको हो । पुराना नोटको आयु डेढ वर्षमात्र भए पनि गुणस्तरका हिसाबले राष्ट्र बैंकले चार बर्ष गणना गर्ने गरेको छ ।

Comments :

0 comments to “राजाको तस्वीर अंकित नोट नचल्ने”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger