Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

घर जाने टिकट काटेपछि आत्महत्या

क्वालालम्पुर । आज भन्दा १३ महिनाअघि रोजगारीको सिलसिलामा मलेसियामा आईपुगेका वर्ष ३१ का सुन्दर कार्कीले विहिवार रातीको समयमा आत्महत्या गरेका छन् । आफ्नै कोठामा झोला वोक्ने फिताको प्रयोग गरेर पंखासंगै झुण्डिएको अबस्थामा कार्की फेला परेका हुन । मोरङ जिल्ला केरौन गाविस वडा न ३ घर भएका उनी मोहमद सेक्युरिटि कम्पनी सुवागवेसी सेलाङगरमा कार्यरत रहेका थिए ।
विवाहित कार्कीको एक छोरा र श्रीमती रहेको वुझिएको छ । उनले के कारणले आत्महत्या गरेका हुन थाहा हुन सकेको छैन । गएको डिसेम्वर २३ तारिखका दिन घर जान भनी टिकट काटी सकेको भएपनि उनले त्यो टिकट क्यान्सिल समेत गरेको उनका साथी कृष्ण अधिकारीले जानकारी गराएका छन् । उनका दाजु पनि मलेसियामै रहेको र २१ डिसेम्वरका दिन नेपाल फर्किएका थाहा भएको छ । उनको शवलाई पोष्टमार्टमका लागि प्रहरीले लगिसकेको छ ।

Comments :

0 comments to “घर जाने टिकट काटेपछि आत्महत्या”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger