Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

स्कूले विद्यार्थीलाई मुद्दा लगाउँदा परीक्षाबाट बञ्चित

पुस २०( हाम्रो संखुवासभा )- संखुवासभा सदरमुकाम खाँदबारीमा खानेपानी भर्ने विवादको विषय लिएर दुई विद्यार्थीलाई हिरासतमा राखिएको छ । हिरासतमा राखेकै कारण विद्यार्थी परीक्षाबाट बञ्चित भएका छन् । प्रहरी निरीक्षक महेन्द्रराज कार्कीले पीडित पक्षले दिएको निवेदनका आधारमा मुद्दा  चलाएको बताए । उनले हिरासतमा रहेको अवस्थामा परीक्षामा सहभागी हुन विद्यालयसम्म लैजान नमिल्ने दाबी गरे । भने, 'हिरासतमै परीक्षाको व्यवस्था गरेको भए, दिन मिल्थ्यो, त्यस्तो पहल कसैले गरेन ।'

विद्यार्थीका अभिभावक धनबहादुर श्रेष्ठ साधारण कुटपिटको विषयलाई एकपक्षीय रुपमा मुद्दा लगाएर परीक्षाबाट बञ्चित गराएको आरोप लगाउँछन् । पानी भर्ने विषयमा गत मंसिर २२ गते झगडा भएको थियो । विद्यार्थीलाई प्रहरीले १० दिनअघि नियन्त्रणमा लिएको हो ।


खाँदबारी- १ को सूर्य बोर्डिङमा कक्षा ५ मा अध्ययतरत जितेन श्रेष्ठ र कक्षा ९ मा अध्ययनरत अन्जना श्रेष्ठलाई प्रहरीले परीक्षाबाट बञ्चित गराएको हो । छिमेकी आङदावी भोटेको परिवारबीच पानी भर्ने विषयमा भएको झगडामा संलग्न भन्दै यी विद्यार्थीलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा लगाइएको छ । मुद्दाकै कारण एकै परिवारका दिदीभाइ परीक्षाबाट बञ्चित भएका हुन् ।

Comments :

0 comments to “स्कूले विद्यार्थीलाई मुद्दा लगाउँदा परीक्षाबाट बञ्चित”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger