खाँदबारी, सङ्खुवासभा( हाम्रो संखुवासभा) २१ पुस, आफ्नो घरगाउँ छाडेर सहर र तराईतिर बसाइँसराइ गरेका सङ्खुवासभा जिल्लाका कतिपय मानिसहरु गाउँमा मोटरबाटो पुगेपछि त्यहाँको घरजग्गा बेचेर पुनः गाउँमै फर्कन थालेका छन् ।
गाउँबाट बसाइँसराइ गर्ने क्रममा बिक्री हुन नसकेर त्यतिकै बाँझो रहेका पाखापखेरा जमिनमा अलैँची तथा अन्य कृषि उत्पादन गरेर पनि राम्रो आम्दानी गर्न सकिने गरी यातायातको सुविधा पुगेको कारण उनीहरु पुनः गाउँतिरै फर्कन थालेका हुन् ।
हेदाङ्ना-४ बाट १२ वर्षअघि जिल्ला सदरमुकाम खाँदबारी बसाइँसराइ गरेका नारायण पराजुलीले सदरमुकाममा किनेको २० मुरी धान फल्ने खेत भर्खरै बेचेका छन् । पराजुलीले आफू बस्दै आएको घरको पनि बैना लिइसकेको बताए ।
लेखमा आफ्नो प्रशस्त खोरिया जमिन रहेको र त्यहाँ अलैँची लगाउन सके वार्षिक एक करोड रुपैयाँ सजिलै आम्दानी हुने बताउँदै पराजुलीले हेदाङ्नामै थप जग्गा लिने र व्यापार गर्ने आफ्नो चाहना भएको बताए ।
उनीजस्तै गाउँबाट सदरमुकाम खाँदबारीमा बसाइँ सरेका १८ घरपरिवार पुनः गाउँतिर नै फर्केका छन् । गाउँतिर बसाइँसराइ गर्नेहरुको लर्को थपिरहेको भए पनि त्यसको यकिन विवरण भने पाउन सकिएको छैन ।यस्तै जिल्ला सदरमुकामबाट मात्र नभई तराईका विभिन्न ठाउँबाट पनि आफ्नो पुख्र्यौली बासस्थानमा फर्कने क्रम तीव्र रुपमा बढेको पाइएको छ ।
तराईबाट गाउँ फर्केका मत्स्यपोखरी-४ का सुशील निरौला भन्छन्- एक मुरी अन्न फल्ने जग्गामा दुई मनसम्म अलैँची फल्दोरहेछ तराईमा गएर मात्र के गर्न सकियो र ! गाउँमा बिक्री हुन नसकेको पु्ख्र्यौली घरको आँगनबाटै अहिले मोटर गुड्दोरहेछ ।
Browse » Home »
संखुवासभा बिशेष
» मोटरबाटोले गर्दा गाउँ बसाइँ सर्ने बढे
मोटरबाटोले गर्दा गाउँ बसाइँ सर्ने बढे
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
राम्रो खबर मलाई पनि आफ्नो गाउँ साह्रै रमाइलो लाग्छ।