Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

खडेरीले जुनेलोखेतीमा क्षति

२३ पौष, खाँदाबारी (हाम्रो संखुवासभा)। सङ्खुवासभा र धनकुटा जिल्लाको सिमानाका गाउँ विकास समितिका कृषकहरुले लगाएको जुनेलो खडेरीले मर्न थालेको छ ।
सङ्खुवासभा जिल्लाको आँखिभुइँ गाविसको वडा नं. ५, ७ र वाना गाविसको बिहीबारे क्षेत्रमा विगत दुई महिनादेखि पानी नपर्दा जुनेलोबाली सुक्न थालेको हो ।
यसैगरी, धनकुटाको चानुवा, लेगुवा, सालघारी, ज्यामिरे र डाँडाखर्कमा पनि लामो समयसम्म पानी नपरेपछि जुनेलो ओइलाएर मर्न थालेको छ ।
लेगुवा गाविस-७ स्थित सालघारी क्षेत्र र सोही गाविस-४ को ज्यामिरेलगायत आसपासका क्षेत्रमा लगाइएको जुनेलो सुक्खाका कारण फूल फुल्ने समयमा नै ओइलाउन थालेको छ । ज्यामिरेमा जुनेलो ओइलाउन थालेपछि घाँस काटेर गाईवस्तुलाई दिन थालेको कृषकहरुले बताएका छन् ।
सिँचाइको व्यवस्था नभएका कारण हिउँदमा बर्सेनि यी क्षेत्रका मानिसहरु खडेरीको मारमा पर्ने गरेका छन् । ‘यो वर्ष त अलि पानी पर्लाजस्तो लागेर पाखाबारीमा जुनेलो लगाएको थिएँ खडेरीले सखाप पार्‍यो’ चानुवा- ९ डाँडाखर्कका गोविन्दमान पौडेलको दुःखेसो छ ।
पाखाबारीमा लगाएको सात रोपनी जुनेलो सुकेर जान थालेपछि गाईलाई घाँस काटेर दिएको पौडेलले बताउनुभयो ।
यस्तै, आँखिभुइँ-५ मा उर्मिला खवासले छ रोपनी जमिनमा लगाएको जुनेलो खडेरीका कारण पूरै मरेको छ । उर्मिलासँगै निरकुमार खवास, ज्योति राईको पनि पाँच रोपनी क्षेत्रफल जुनेलोमा क्षति पुगेको पाइएको हो ।

Comments :

0 comments to “खडेरीले जुनेलोखेतीमा क्षति”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger