सोलुखुम्बु, २५ पुस । सोलुखुम्बुको सेर्गाखोप, बागमहँदै सल्लेरी गाविस र काँकुको सीमानामा पर्ने सेल्गुडी डाँडासम्म पहिलोपटक मोटर पुर्याइएको छ । जनताको लगानीमा सेर्गाखोपदेखि सेल्गुडीसम्मको १८ फिट चौडाइ र १० किलोमिटर लामो सडक निर्माण भएपछि पहिलोपटक मोटर पुगेको हो ।
सडक निर्माणका लागि स्थानीय जनताका तर्फबाट प्रतिव्यक्ति अधिकतम रु ४ लाखदेखि न्यूनतम रु १ हजारसम्म सहयोग प्राप्त भएको छ ।
सल्लेरीको सेर्गाखोपबाट सुरु गरेको सडकलाई काँकु, बासा, जुभिङ, खरीखोला, सुर्केहँदै चौरीखर्कको लुक्लासम्म पुर्याउने लक्ष्य रहेको सल्लेरी काँकु कृषि सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष आङ ङवाङ सेर्पाले बताउनुभयो ।
”जनताको लगानीबाट सडक निर्माण गरी सरकारको मुख ताक्ने बानीको अन्त्य गर्दै आˆनो क्षेत्रको विकास गर्न आफैं लाग्नुपर्छ भन्ने सन्देश दिएका छौं” अध्यक्ष सेर्पाले भन्नुभयो
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “सगरमाथाको सम्मुखमा मोटर”
Post a Comment