Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

चिनोका लागि मेरी बास्सैमा रेजिना


मेरीबास्सैमार्फत रेजिनाले आमदर्शकलाई आफ्नो फिल्म हेरिदिन अनुरोध गरेकी छिन् 
काठमाडौं/ चिनो फिल्मको प्रमोसनका लागि अभिनेत्री रेजिना उप्रेती डटेर लागेकी छिन् । चिनोलाई अहिलेसम्मको आफ्नो करिअरमा सबैभन्दा धेरै मिहिनेत र आस गरेको फिल्मका रूपमा व्याख्या गर्ने गरेकी रेजिना पुस मसान्तबाट रिलिज हुन लागेको यो फिल्मको बढीभन्दा बढी प्रचारका लागि नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको हास्य टेलिशृखला मेरीबास्सैमा अभिनय गर्न पुगेकी छिन् ।
रेजिना चिनोकै विषयलाई लिएर मेरीबास्सैका चार भागसम्म देखा पर्न लागेकी हुन् । रेजिनाका अनुसार मेरीबास्सैमार्फत उनले आमदर्शकलाई आफ्नो फिल्म हेरिदिन अनुरोध गरेकी छिन् । शोभित बस्नेतको निर्माण र निर्देशनमा बनेको यो फिल्ममा रेजिना एक्सन लेडीको भूमिकामा अभिनीत छिन् । बढीभन्दा बढी दर्शकले आफ्नो फिल्म हेरेर सुपरहिट गराइदिऊन् भनेर मेरीबास्सैमा अतिथि भूमिका निर्वाह गरेको बताउने रेजिना हाल यो टेलिशृंखलाको सुटिङमा व्यस्त छिन् ।

हेमाकी कान्छी छोरी

पनि हिरोइन


मुम्बई/ बलिउडमा परिवारवाद हाबी छ । स्थापित स्टारले आफ्ना छोराछोरीलाई बलिउडमा सजिलै स्थापित गराएका छन् । जितेन्द्रका छोरा तुसार कपुर, अमिताभ बच्चनका छोरा अभिषेक, राकेश रोशनका छोरा ऋतिक, पंकज कपुरका छोरा साहिद, अनिल कपुरकी छोरी नीलम हँुदै ऋषि कपुरका छोरा रणवीर पनि बलिउडमा अब्बल कलाकारका रूपमा परिचित छन् । त्यस्तै, धर्मेन्द्रका छोरा सनी, बबि र छोरी इशा देवल पनि बलिउडका उम्दा कलाकार हुन् ।

बलिउडमा स्टारका छोराछोरी हिरो-हिरोइन बन्ने क्रम बढ्दो छ । पछिल्लो खबरअनुसार 'डि्रम गर्ल' हेमा मालिनी र धर्मेन्द्रकी कान्छी छोरी आहना देवल पनि हिरोइन बन्ने भएका छिन् । पहिले फिल्म अभिनयमा आउन नचाहेकी आहना आफ्नो बाबुआमा, दाइहरू र दिदीको क्रेज देखेर फिल्मप्रति आकषिर्त भएकी हुन् । उनलाई पहिलेदेखि नै फिल्मका लागि थुप्रै अफर आउने गरे पनि अहिले आएर भने उनको मोह बढेर गएको छ । आहना अचेल उडानजस्तो चर्चित फिल्मका निर्माता विक्रमादित्य मोटवानेले लेखेको नयाँ फिल्मको स्त्रिmप्ट पढ्न व्यस्त रहेको बताइएको छ । अभिनयभन्दा फिल्म निर्देशनमा रुचि रहेको बताउने आहनाको अभिनय करिअर कस्तो होला ? यसका लागि भने पर्खनुको विकल्प छैन ।

लोकेन्द्र कार्कीको
शासन १४ माघदेखि

काठमाडौं/ अभिनेता लोकेन्द्र कार्कीले निर्माण गरेको शासन फिल्मको रिलिज डेट तोकिएको छ । आकाश अधिकारीको निर्देशनमा बनेको यो फिल्म १४ माघेबाट मुलुकभरि एकसाथ प्रदर्शनमा आउने भएको छ । गरिबी, भ्रष्टाचार तथा सामाजिक विभेदविरुद्ध आवाजका रूपमा व्याख्या गरिएको शासनको स्त्रिmप्ट लामो समयसम्मको खोज, अनुसन्धान र निरीक्षणबाट तयार पारिएको बताइन्छ ।

फिल्ममा लोकेन्द्र कार्की, सन्चिता लुईंटेल, रेखा थापा, नीर शाह, धीरेन शाक्य, सम्राट सापकोटा, नन्दु श्रीवास्तवलगायतका कलाकार प्रमुख भूमिकामा छन् । शम्भुजित बाँस्कोटाको संगीत रहेको यो फिल्मबाट आउने मुनाफाको केही अंश समाजसेवामा लगाइने निर्माता कार्कीले बताएका छन् ।

लाराको बिहे १९

फेब्रुअरीमा

एजेन्सी/ बलिउडमा अचेल बिहेको लहर चलेको छ । युवापुस्ताका चर्चित हिरो इमरान खान १० जनवरीमा अवन्तिका मलिकसँग बिहेबन्धनमा बाँधिदै छन् भने नायिका लारा दत्तले १९ फेबु्रअरीमा लगनगाँठो कस्दै छिन् । लामो समयदेखि महेश भुपतिसँग प्रेमरत लाराले गोवामा बिहे गर्नेछिन् ।

लाराले आफू र भूपतिबीचको लभ अफेयर लामो समयसम्म लुकाउँदै आएकी थिइन् । सञ्चारमाध्यमलाई आफ्नो अफेयरबारेमा ढाँट्दै आएकी उनले महेशसँग गत वर्ष नै इङ्गेजमेन्ट गरेकी थिइन् । महेश अघि लाराले केली दोरजीसँग डेटिङ गरिरहेकी थिइन् । बीचमा उनीहरूको प्रेममा दरार आयो । उनीहरूले सम्बन्ध बचाइराख्ने कोसिस गरे । तर, सफल भएन । पछि लाराको नाम अभिनेता डिनो मोरियोसँग पनि जोडिएको थियो । अब भने लाराले महेशसँगको आफ्नो प्रेमलाई बिहेमा परिणत गर्न लागेकी छिन् । लारा र महेशलाई गोवा निकै मन पर्ने ठाउँ भएकाले बिहेको कार्यक्रम पनि त्यहीँ राखिएको एजेन्सीले उल्लेख गरेका छन् ।

नकई फुँमा युवाविहीन गाउँको व्यथा

कास्की/ युवाविहीन गाउँमा युवाको खोजी कथामा आधारित गुरुङ फिल्म नकई फुँ (कुखुराको अन्डा) प्रदर्शनीका लागि तयार भएको छ । निर्माण युनिटले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी आफ्नो फिल्म २४ पुसबाट रिलिज हुने जानकारी दियो ।

माओत्से गुरुङको निर्देशनमा बनेको यो फिल्म बाराही हलमा प्रदर्शन हुनेछ । कार्यक्रममा निर्देशक माओत्सेले आफ्नो फिल्ममा युवाविहीन गाउँमा देखिएको समस्या देखाउन खोजिएको बताए । कथाअनुसार तमू जातिको मृत्यु संस्कारमा चाहिने कुखुराको अन्डासम्बन्धी कथामा आधारित फिल्म सुटिङका लागि सहरबाट फिल्म निर्माण युनिट युवाविहीन एउटा गाउँमा पुग्छ । युनिटले त्यो गाउँमा फिल्मका लागि कलाकार खोज्छ । तर, पाउँदैन । फिल्मले विदेसिएका नेपाली युवा र सहरिया परिवेशले च्यापेपछि रित्तिएको गाउँको कथा टपक्कै टिपेको दाबी निर्देशक माओत्सेको छ । २२ लाख रुपैयाँमा निर्माण भएको यो फिल्मको कार्यकारी निर्माता सपना गुरुङ हुन् भने तमु धिँ जापान, लालकाजी गुरुङलगायतको लगानी लागेको छ । फिल्ममा प्रकाश गुरुङको छायांकन, मनोज गुरुङ र शिव गुरुङको संगीत र खुसबहादुरको गीत रहेको छ । फिल्ममा गजेन्द्र गुरुङ, वीरमाया गुरुङ, गुञ्ज गुरुङ, प्रतीक्षा गुरुङ, जसु गुरुङ, देउकाजी गुरुङलगायतले अभिनय गरेका छन् ।

Comments :

0 comments to “चिनोका लागि मेरी बास्सैमा रेजिना”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger