आनन्द गौतम
ताप्लेजुङ, पुस १७ - स्थानीय विकास मन्त्री पूर्णकुमार सेर्माले माओवादीले बहुदलीय प्रतिस्पर्धालाई स्विकार नगरेसम्म संविधान बन्ने सम्भावना कम रहेको बताएका छन् ।
माओवादी अझै पनि एकदलीय शासन चलाउने सोचले अघि बढिरहेकाले संविधान बन्न नसकेको उनको दावी छ । ३५ औं राष्ट्रिय एकता मेलमिलाप दिवसलाइ सम्बोधन गर्न ताप्लेजुङ आएका सेर्माले शनिबार कान्तिपुर अनलाइनसँग भने, 'यो समयमा नेताहरुले बिपिको मेलमिलापको नीति अवलम्बन गरे एक महिनामानै संविधान बन्न सक्छ अन्यथा यसै भन्न सकिन्न' । अहिले मुलुक सरकार बिहीन अवस्थामा नरहेको दावी गर्दै उनले काम चलाउ भएपनि जनतालाइ सरकारको अनुभुती दिएको बताए ।
ब्राजिल, अष्ट्रेलिया जस्ता देशहरु पनि लामो समयसम्म काम चलाउ सरकारको भरमा चलेको उल्लेख गर्दै सेर्माले नयाँ सरकार आइहाल्ने संकेत अझै नदेखिएको उल्लेख गरेका छन् ।










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “चाडैं नयाँ सरकार बन्ने संकेत छैनः सेर्मा”
Post a Comment