दोहा, पुस १७ - 'यहाँ छ देशको चिन्ता तिमी माया माया भन्छौ साँच्चै नबुझ्ने हौं की नबुझ्ने जस्तो गर्छौ' राष्ट्रिय गीत प्रस्तुत गर्दै स्टेजमा झुल्केका पहिलो नेपाली तारा दीपक लिम्वुले दर्शकहरुलाई मातृभूमीको न्यानोकाखमा पुर्याउन सफल भए । उनले 'मुटु माग्यौ तिमीले मैले वाँच्नु पर्छ, मै मरे तिमीलाई कस्ले माया गर्छ....' 'मेरो कल्पनामा आज एउटा परि थाहा छैन खै कुन स्वर्गबाट झरी....'जस्ता चर्चित गीत प्रस्तुत गरे ।
कसैले पुजेको ढुङ्गा पनि
कसैलाई देउता हुन सक्छ,
कसैलाई मन नपर्ने त्यो कालो जुङ्गा
कसैको लागि फूलको थुंगा हुन सक्छ ।
मुक्तक प्रस्तुत गर्दै दर्शकलाई हसाउन सफल लोकदोहोरी गायिका सिर्जना विरही थापाले एउटा चिठ्ठी लेख्न मन लाग्छ ...',बादल भित्र जुन छ, यो दिल भित्र तिमी नै तिमी छ्यौ त्यो दिलभित्र को छ -...',चरिले गुडसारी सक्दा....' जस्ता गीत प्रस्तुत गरिन् । 'उमेर मेरो पुगि सक्यो छैन अब सानी...' नायिका गरिमा पन्थको नृत्य, 'सिम्सिम पानी रैछ्यौ बेइमानि...',त्रि्रो झल्को तिब्र तिर्सना...' लोकदोहोरी गीतमा गायक राजन ठकुरीको प्रस्तुत, 'नाई नभन्न ल...' मा पुजना प्रधानको एकल नृत्य, नृत्याङ्गना काजलको 'यहि थियो टिकुली हे...' मैथिली गीतको नृत्यले पनि दर्शकहरुलाई तताउन सफल भयो ।
कार्यक्रमा आकर्षणको केन्द्र बन्न सफल भईन रेश्मा सुनुवार र हास्य ब्यङय कलाकार शैलेन्द्र सिम्खडा । रेश्माले 'मै ठुली भै छु रे...',झिम्काई देऊ परेली मनमा बज्छ मिठो मुरली...',रेलिको बजार जता माया उतै छ नजर...'राम्चेमा डुल्ने चेम्वाले तातो पानी घुम्ने चेम्वाले मै...' गीत प्रस्तुत मात्रै गरिनन् उनी आफु पनि कम्मर भाँची भाँची नाचिन् । दर्शकहरुलाई पनि नचाउन सफल भईन् भने हास्य ब्यङय कलाकार सिम्खडाले दर्शकहरुलाई पेट मिचिमिच हँसाए । उनले
'जलस्रोतको देशमा बस्ने हामी
जम्मा दिनको ८ घण्टा बिजुली बालेका छौं
२ सय जना कलाकार नभएको देशमा
६ सय १ जना सभासद पालेका छौ ।' प्रस्तुत गरेर वर्तमान अवस्थाको उजागर गर्दै दर्शकहरुबाट वहा ,वहा वटुल्न सफल भए ।
कार्यक्रमको अन्तमा 'ढल्को ढल्को यो मन मेरो तिमी तिरै सानु...'नायक विराज भट्ट र नायिका पुजना प्रधानको युगल नृत्यले पनि दर्शकलाई भरपूर मनोरञ्जन दिए, कार्यक्रम सञ्चालिका ऋचा शर्माको ठट्यौली प्रस्तुतीले झन सुनमा सुगन्ध थप्न सकेको थियो ।
पर्दामा र टिवी स्कृनमा देखिएका कलाकारहरुलाई प्रत्यक्ष आफ्नै आँखाले उनीहरुको प्रस्तुती हेर्ने अवसर गैरआवासिय नेपाली संघ कतारले मनोरञ्जन कार्यक्रम 'एनआरएन सांस्कृतीक सांझ २०११' आयोजना गरेर कतारबासी नेपालीहरुको लागि यो अवसर जुरेको हो ।
तेक्वान्दो खेलाडी विष्ट सम्मानित
एनआरएन एनसिसि कतारले तेक्वान्दोका राष्ट्रिय खेलाडी दिपक विष्टलाई सम्मान गरेको छ । एनसीसी कतारले राष्ट्रिय प्रतिभा सम्मान कार्यक्रम अन्तरगत दिपक विष्टलाई सम्मान गरेको हो । नेपाली नियोग प्रमुख डा.सूर्यनाथ मिश्रले नेपाली झण्डा र सम्मान पत्र पदान गरे भने एनसिसि कतारका अध्यक्ष नरेन्द्र भाटले २ लाख रुपैयाको चेक हतान्तरण गरी सम्मान गरे ।
सम्मानित विष्टले 'म सफल हुनु नै तपाईहरुको देन हो, तपाईहरुको माया र साथले मलाई यो उचाइमा पुर्याएको छ, मलाई यति टाढा बोलाएर एनआरएन एनसिसि कतारले सम्मान गरेकोमा एनसिसि कतारलाई प्रति आभारी छु । साथै नयाँ वर्ष २०११ ले तपाईहरुको इच्छा आकांक्षा पुरागरुन भन्ने कामना गर्दछु ।
कलाकारले दिए मायाको चिनो
लोकदोहोरी क्षेत्रका कलाकारहरुको तर्फबाट एनआरएन एनसीसी कतारका अध्यक्ष नरेन्द्र भाटलाई मायाको चिनो प्रदान गरे । लोकदोहोरी कलाकार गायिका सृजना विरहि थापा र गायक भाटलाई मायाको चिनो रुवरुप ढाका टोपी र साङ्गगी प्रदान गरेका हुन । गायिका थापाले यहाँको हृदय अझै चौडा हुदै जाऔस भन्दै ढाका टोपी लागइ दिन भने गायक ठाकुरीले साङ्गगी प्रदान गरेका थिए ।
एनआरएन एनसिसि कतारले आयोजना गरेको एनआरएन सांझले नेपाली दाजुभाईलाई मनोरञ्ज मात्र प्रदान गरेको छैन नेपाली कला र संस्कृतिको संरक्षण गर्दै विभिन्न कारणले पीडित नेपालीहरुलाई सहयोग गर्ने अपेक्षाका साथ आयोजना गरेकोमा धन्यवाद प्रकट गर्दै सम्मानित राष्ट्रिय खेलाडी दिपक विष्टलाई हार्दिक बधाई प्रकट गरे नेपाली नियोग प्रमुख सूर्यनाथ मिश्रले ।
कार्यक्रम आयोजक तथा एनआरएन एनसिसि कतारका अध्यक्ष भाटले टिकट स्वरुप काटेको दानलाई पीडित नेपालीहरुमा परेको समस्या समाधानको लागि प्रयोग गर्ने प्रतिवद्धता प्रकट गरे ।
एनआरएनए एनसिसि कतारका अध्यक्ष भाटको साभापतित्व, नेपाली नियोग प्रमुख डा.मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एनआरएन आइसिसिका उपाध्यक्ष सागर नेपाल, मध्यपूर्व संयोजक बद्रिप्रसाद पाण्डे, नेपाली दूतावसका श्रमसहाचारी धुव्र कोइराला, नेपाली लोकतान्त्रिक मञ्चका अध्यक्ष राम हरि गैरे, नेपाली जनप्रगतिशिल मञ्चका अध्यक्ष होमनाथ शर्मा, नेपाली जनसम्पर्क समितिका महामन्त्री विमल सुवेदी लगायको उपस्थिती थियो ।
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “एनआरएन साँझमा झुमे दर्शकहरु”
Post a Comment