Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

मलेसियाले नेपालीलाई प्राथमिकता दिने

पुस १६ (हाम्रो संखुवासभा) मलेसियाका मानव संशाधन मन्त्री एस सुब्रमन्यमले नेपाली कामदारलाई प्राथमिकता दिने बताएका छन्। नेपाली कामदारबाट मलेसिया लाभान्वित भएको बताउँदै नेपाली कामदारलाई भविष्यमा पनि प्राथमिकता दिने उनले स्पष्ट पारे।
नेपाल-मलेसिया दौत्य सम्बन्ध स्थापनाको स्वर्ण महोत्सवका अवसरमा मन्त्री सुब्रमन्यमले मलेसिया मर्यादित र कानुनसम्मत ढंगले विदेशी कामदार ल्याउन कटिबद्ध रहेको बताएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। कार्यस्थलमा स्वदेशी र विदेशी कामदारलाई दिने आधारभूत सेवा सुविधामा एकरूपता रहेको दाबी उनले गरे। श्रम तथा यातायात व्यवस्था मन्त्री मोहम्मद आफताब आलमले दुई देशबीचको ऐतिहासिक सम्बन्धमा श्रमको महत्वपूर्ण भूमिका रहेको बताए। कार्यक्रममा नेपाली दूतावासबाट प्रकाशित 'मलेसिया दर्पण' नामक पुस्तक विमोचन गरिएको थियो।
नेपाल र मलेसियाबीच द्विपक्षीय वार्ता भएको दूतावासले जनाएको छ। वार्तामा दुई मुलुकबीच श्रम सम्झौता गरी श्रमिकको व्यवस्थापन, नेपाली कामदारको बिमा तथा सामाजिक सुरक्षालगायत विषयमा छलफल भएको थियो।

Comments :

0 comments to “मलेसियाले नेपालीलाई प्राथमिकता दिने”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger