ओमप्रकाश राणामगर, गायक, संगीतकार तथा रचनाकारका रुपमा चिन्दै आएका एक बहुप्रतिभाशाली व्यक्ति । सोलुखुम्बु जिल्लाको नेचा बतासेमा जन्मी हाल हङ्गकङ्गमा बसोबास गर्दै आउनु भएका मगरले कस्तो भाग्य, देउसिरे जस्ता एल्बम् बजारमा ल्याईसक्नु भएको छ । गीतसंगीतसँगै उनि यतिखेर मगर जातिसँग सम्बन्धित डकुमेन्ट्री बनाउन सोलुखुम्बुको गाउँ गाउँ घुम्दैछन् । सोलुखुम्बु जिल्लाका बिभिन्न भागमा छरिएर रहेका मगर जातिहरुको बारेमा खोज र अनुसन्धान गर्दै डकुमेन्ट्री निर्माण गर्न कम्मर कसेर खटिरहेका मगर उक्त डकुमेन्टूीका निर्देशक समेत हुन् । निर्माण हुँदै गरेको डकुमेन्ट्रीका बिषयमा मगरसँग सोलु समाचार साप्ताहिकले गरेको कुराकानी । लामो समयपछि सोलुखुम्बु आउनुभयो नि, के कार्यक्रम लिएर आउनुभयो ?
भ्रमण लामो समय पछि भएपनि यसको बिषेश लक्ष्य र उद्देश्य रहेको छ । बिषेश गरी यस पटक म मगर जातिका बिषयमा एउटा डकुमेन्टूी तयार गर्ने कार्यमा जुटेको छु । मगर जातिका पुर्खाहरुको आगमन पुर्वमा कसरी भयो, उनिहरुले अहिले के गर्दैछन् लगायत रितिरिवाज, संस्कृतिका बिषय छयांकनको उद्देश्यले अहिले हामी सोलुखुम्बु जिल्लामा छौं । यो एउटा सरल कथा हो, त्यसैको आधारमा एउटा डकुमेन्ट्री बनाउन यो भ्रमणमा निस्केका छौं ।
यो डकुमेन्टूी बनाउने ईच्छा कहाँबाट जाग्रित भयो ?
शुरुमा भन्नुपर्दा त यो मेरो एउटा ईच्छा हो की मिडियो क्षेत्रमा काम गरौं । त्यही अन्र्तगत केही बर्षदेखि जातिका बिषयमा खोजी गर्दै जाँदा आफ्नो जातजाति, भेषभुषा, रहनसहन लगायतका बिषयमा खोज्नु पर्ने आवश्यक्तालाई मैले महसुस गरे । त्यसैले सोलुखुम्बु, ओखलढुङ्गाजस्ता जिल्लामा रहेका मगर जातिका बिषयमा आफैले नखोजेर, त्यसलाई अभिलेख नराखे अरु कसको आश गर्ने भन्ने लागेपछि म लगायत मेरा अन्य साथीहरु डकुमेन्टूी निर्माण गर्ने योजनामा लाग्यौं । यो डकुमेन्ट्री बनाउने क्रममा सोलुखुम्बु जिल्लाकै नेचा र जुभिङ्ग गाविसका साथीहरुले मलाई साथ दिईरहनु भएको छ । साथै सोलुखुम्बु(जन्तरखानी मगर समाज सेवा केन्द्र, काठ्माण्डौले पनि यो कार्यमा साथ दिएपछि हामीले कम्मर कस्यौं ।
डकुमेन्ट्री भित्र मगर जातिका कुन कुन कुराहरुलाई समेट्नु हुन्छ ?
बिषेश गरी मगर जातिको कुरा गर्नु पर्दा पुर्वेली र पश्चिमेली मगरका रुपमा छुट्टिएको अहिलेको अवस्था हो । यो कुरा एउटा समुदायमा मात्र हैन मगर संघ भित्र पनि एक प्रकारको मनमुटाव जस्तो छ । यसमा पश्चिमेली मगरहरुले सोलुखुम्बु लगायत पुर्वका मगरहरु मगर नै होईनन् पनि भन्ने गरेका छन् । आफ्नो भाषा नहुने, भेषभुषा नहुने, रितिरिवाज, संस्कृति फरक भएकाहरु मगर नै हैनन् भन्ने पश्चिमेली मगरहरुले आरोप छ । त्यही कुरालाई स्पष्ट पार्नका लागि पनि पुर्वका जिल्लामा मगर जातिको बसोबास, भाषा, भेषभुषा लगायतका कुराहरुलाई डकुमेन्ट्रीभित्र समेट्ने हाम्रो लक्ष्य छ । भाषा नजान्ने पनि मगर हुन सक्छ भन्ने कुरा सर्वप्रथम बुझाउनु छ । उहिले पुर्खाहरु कामका सिलसिलामा आउँदा यतै बसोबास गरी भाषा लोप भएको पनि हुनसक्छ, पिछडिनु पनि अर्को कारण हो । त्यसैले हामी पनि पुर्वमा यस्ता मगर छौं, बिषेश गरी सोलुखुम्बुमा भन्ने देखाउन र चिनाउन पनि यो डकुमेन्ट्री केन्द्रित छ ।
डकुमेन्टूी निर्माणका क्रममा तपाई र तपाईको समूहले खोजेको कुरा पाउनु भयो त ?
एक किसिमले हामीले खोजेको कुरा भेटेका छौं । पुर्खाहरु भनेको हाम्रा बाजे, बज्यु, बराजु, काका, मामाहरु हुन् र उनिहरुलाई हामीले प्रत्यक्ष रुपमा गाउँ, गोठमा भेटी जातिका बारेमा सोधपुछ गर्ने मौका पायौं । त्यही प्रश्नभित्र नै हामीले खोजेको कुरालाई उत्तरमा भेट्टाएका छौं । लाग्छ, यो नै हाम्रो सफलता हो । यो डकुमेन्टूी बनाउने क्रममा हामीलाई एउटा कुरा के थाहा भयो भने जति पुर्वमा बसोबास गर्ने मगर जातिहरु छन् उनिहरु सबै पश्चिमको गोर्खा लगायत अन्य जिल्लाबाट आएका रहेछन् । यस डकुमेन्ट्रीको खोज मगरहरु यता किन आए त भन्ने हो र यस बिषयमा मगर जातिहरु खानी खोज्न पुर्व छिरेका रहेछन् । जसमा पनि सोलुखुम्बु जिल्लाको वाप्साखानी, तामाखानी, फलामखानी, सिसाखानी तथा ओखलढुङ्गाको जन्तरखानीमा बढी मगरहरु आएको हामीले पायौं ।
सोलुखुम्बु र ओखलढुङ्गा जिल्लामा रहेका मगर जातिहरुभित्र मगर रितिरिवाज, संस्कृतिको निरन्तरता छ ?
रीतिरिवाज तथा सँस्कृतिको कुरा गर्ने हो भने यस भेगका मगर जातिले बिभिन्न धर्मसंस्कृति, रीतिरिवाज मानेको पाईयो । यहाँ बौद्ध, हिन्दु लगायतका धर्म मान्ने मगर जातिहरु पाईयो । हुनत, यहाँ मात्र नभएर देशका बिभिन्न भागमा छरिएर रहेका मगरहरुले थरीथरीका धर्मसंस्कृतिलाई अंगालेका छन्, त्यसैले यो पनि एउटा खोजको बिषय हो जस्तो लाग्छ । किनकी अझै पनि प्रश्न उठ्छ मगर जातिको भाषा कुन, धर्म कुन, संस्कृति कुन् ? हो यही प्रश्नभित्र हामी रुमाल्लिएका छौं भन्दा फरक नपर्ला ।
मगर समुदाय कत्तिको सुदृढ रहेछन् ?
हो, हाम्रो खोजीको अर्को पाटो पनि यहि नै हो । पुर्वका बिभिन्न गाउँमा बस्ने मगर जातिहरु बढी कृषिमा निर्भर छन् भने कति सिकर्मी, डकर्मी, कसाई, भरिया, आरावाल जस्ता काममा ब्यस्त छन् । यस्तो कुरा प्रश्न गर्दा अग्रजहरु भन्छन् मगर जाति अलि सोझो पाराका हुन्छन् अनि पढ्नमा अलि कमजोर त्यसैले पुर्खादेखि चलेको चलनलाई निरन्तरता दिएका हौं । उनिहरु नयाँ कामका बारेमा सोच्न नसकेको पनि बताउँछन् किनकी नयाँ कामका लागि शिक्षाको आवश्यक्ता पर्दछ तर त्यो नभएपछि पुरानै कामलाई अंगाल्नु उनिहरुको बाध्यता हो ।
कहिले हेर्न पाइन्छ डकुमण्ट्री ?
काम त अझै आधाभन्दा बढी नै बाँकी छ । छयांकनको कार्य अहिले सोलुखुम्बु जिल्लाका बिभिन्न गा.वि.स.मा चल्दै छ त्यो कार्य अझै १५ दिनजति लाग्छ । त्यसपश्चात त्यसलाई अन्तिम रुप दिई चाँडै नै सार्वजानिक गर्ने सोचाईको हामीले बनाएका छौं ।
Browse » Home »
नेपाल समाचार
» मगर जातिहरु खानी खोज्दै पूर्व आएका रहेछन्
मगर जातिहरु खानी खोज्दै पूर्व आएका रहेछन्
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “मगर जातिहरु खानी खोज्दै पूर्व आएका रहेछन्”
Post a Comment