Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

के गर्दै छन् नयाँ वर्षमा कलाकार ?

जीवनमा नयाँ वर्ष आउँछन् पुरानो हुँदै बित्छन् । फेरि आउँछ नयाँ वर्ष, शुभकामना साटा-साट, उच्च मनोकाङ्क्षा । सबैका सबै पूरा नहुन सक्छन् । फेरि पनि नयाँ वर्ष शुभ सोचाइ जीवनको निरन्तरता । यसै सन्दर्भमा राज्य व्यवहारमा खास प्रचलित वि.सं. भए पनि नेपालमा पनि ईस्वीको नयाँ वर्षले नयाँपन दिने गरेकै छ । नयाँ वर्ष २०११ पनि उपलब्धिले भरियोस् भन्ने कामना हामी सबैको छ र फेरि अर्को वर्ष पर्खिएर । कति कामना र सपना पूरा हुन्छन् । तर कति सपना र कामना भने अधुरै रहन्छन् । तर पनि नयाँ वर्ष भनेको एक नौलो सुरुआत हो । ईस्वी संवत्को नयाँ दिन नयाँ वर्ष कलाकारहरूले कसरी मनाउने छन् ? यस विषयमा गोरखापत्रले केही कलाकारसँग कुराकानी गरेको छ । किरण मानन्धर (वरिष्ठ कलाकार तथा नेपाल ललितकला प्रतिष्ठानका कुलपति) सन् २०१० ले राम्रो उपहार दिएको छ, धेरै प्रयत्नपछि सोही वर्षमा नेपाल ललितकला प्रतिष्ठानको स्थापना भयो । सन् २०११ मा सबै नेपालीको उन्नति र प्रगति होस् भन्ने कामना गर्छु । यस नयाँ वर्ष पनि योजना मेरो चित्रकला प्रदर्शनी गर्ने सोचमा छु । जसरी इन्द्रेनी सप्तरङ्ग मिलेर बनेको हुन्छ संस्कृति र परम्पराको सम्मेलन पनि त्यस्तै हो । यसैले सबै परम्पराको सम्मान गर्नुपर्छ । त्यसैले विक्रम र ईस्वी संवत् दुबै त्यत्तिकै महत्त्वका छन् र मनाउनुपर्छ भन्ने मलाई लाग्छ । हाम्रो नेपाली संस्कृतिमा अरू पनि वर्ष छन्, सांस्कृतिक विविधता छ ।
रवि डंगोल (हास्य कलाकार)
चितवन चलचित्र ‘इकु इज ब्याक अगेन’को छायाङ्कनमा व्यस्त रहेका हास्य कलाकार रवि यो न्यू इयर भने काठमाडौँमा परिवारसँगै रमाइलो गरेर मनाउने मुडमा छन् । पहिले साथीहरूसँग रमाइलो गरेर मनाइयो, यो वर्षचाहिँ परिवारसँग बसेर मनाउने तयारी गरेको छु । ईस्वी संवत्लाई पनि भव्य रूपमा मनाए पनि वि.सं. लाई भने बिसर्नुहुँदैन । म भने वि.सं. लाई नै बढी प्राथमिकता दिन्छु ।
ऋचा घिमिरे (नायिका)
अहिले ग्लोबलाइजेसन भएको हुनाले ईस्वी संवत् मनाउनुपर्छ तर हाम्रो क्लर्चरलाई जगेर्ना र हाम्रो परिचय दिन भने वि.सं.लाई नै बढी महोìव दिनुपर्छ । जीवन छोटो छ कुनै खुसीको समय आयो भने त्यसलाई छोड्नु हुँदैन । यो वर्ष पहिलेको जस्तो भव्यताका साथ भने न्यू इयर मनाइँदैन, सन् २०१० मा भर्खरै विवाह भएकाले परिवारका सबै सदस्य बसेर रमाइलो गरी मनाइयो यो वर्ष भने साधारण रूपमा मनाइन्छ ।
रमिला भण्डारी (गायिका)
पहिले गर्न नसकोको आˆनो कविताको किताब विमोचन यो वर्ष भने गर्ने विचारमा छु । सप्तरञ्जनी सङ्गीत विद्यालयकी संस्थापक तथा गायिका रमिलाले विद्यार्थीसँग नयाँ वर्ष मनाउने योजना रहेको छ । कृष्णको भजन र आधुनिक गीतिएल्बम तयार पार्न व्यस्त गायिका आमा बिरामी हुनुहुन्छ, यसैले नयाँ वर्ष साधारणरूपमै बिताउनेछु । सबै संस्कृतिले आफ्नै महìव बोकेको हुन्छ । त्यस कारणले सबै संस्कृतिलाई सम्मान गर्नुपर्छ । ईस्वी संवत् अन्तर्राष्ट्रिय स्तरले मनाउने भएको हुनाले यसलाई सबैले प्राथमिकता दिनुपर्छ ।
राजेशपायल राई (पप गायक)
आफू कन्र्सटको सिलसिलामा व्यस्त हुने भएकाले नयाँ वर्षको लागि कुनै खास योजना छैन । इ.सं. यो न्यू इयरमा धरानमा आयोजित कन्र्सटमा हुन्छु जसमा आˆना ‘दर्शन नमस्ते, सागर सही’ जस्ता गीत प्रस्तुत गर्ने योजनामा छु ।

Comments :

0 comments to “के गर्दै छन् नयाँ वर्षमा कलाकार ?”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger