Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

बिबादित बन्दै गएका भारतीय राजदूत राकेश सुदलाई भारतले फिर्ता बोलाउन लागेको संचारमाध्यमको दावी 

(२०६७ म‌सिर २३, विहीवार)
बिभिन्न बिषयमा बिबादित र आलोचित हुँदै गएका नेपाल स्थित भारतिय राजदुत राकेश सुदलाई भारत सरकारले फिर्ता बोलाउन लागेको खबरले गत हप्ता बाट भारतीय संचार माध्यममा  स्थान जमाउन थालेको छ ।
व्यापक अलोचना बढेको भन्दै भारतीय राजदूत राकेश सुदलाई दिल्ली फर्काउन लागिएको छ । एक भारतीय अखवारले बिहीबार प्रकाशित गरेको समाचार अनुसार उनको ठाउँमा विदेश मन्त्रालयका बिशेष सचिव जयन्त प्रसादलाई नियुक्तिको तयारी भइरहेको छ ।
भारतीय पत्रिका दी टेलीग्राफले माओवादीले भरखरै सरकार संहालेको र नेपालको अबस्था ज्यादै चुनौतीपूर्ण भएको बेला राजदूत सुदले काम सुरु गरेको भएपनि छिट्टै उनको घमण्डी पाराको कार्यशैलीकम कारण अलोचना बढाएको उल्लेख गरेको छ ।
'उनले भारतीय हितको पक्षमा काम गरेको कुरामा शंका नभएपनि त्यहाँ जुनप्रकारको माहोल बनि रहेको छ, त्यसले बेफाइदा गरेको छ' एक उच्च कुटनीतिक अधिकारीको हवाला दिंदै दी टेलीग्राफले लेखेको छ, 'उनको कार्यकालमा नेपालमा सबैभन्दा धेरै भारतको अलोचना भएको छ । राजनीतिक तहबाट मात्र होइन, सडकबाट पनि अलोचना भएको ।'
राजदूत सुदको फिर्ती र प्रसादको नियुक्तिलाई नयाँ दिल्लीले नेपालसंग र खास गरेर माओवादीसंगको सम्बन्धलाई नयाँ ढंगले अगाडि बढाउन चाहेको बुझिनु पर्ने ति अधिकारीको भनाइ रहेको छ ।
प्रधानसेनापति रुक्मागत कटवाल काण्डमा माओवादीले सत्ता छाड्नु परेपछि त्यसको दोष भारत र बिशेष गरेर राजदूत सुदलाई दिंदै माओवादीले राष्ट्रियता बचाउ अभियान नै चलाएको थियो ।
त्यही समयदेखि सुरु भएको माओवादी र भारत (सुद)बीचको द्वन्द प्रधानमन्त्री निर्वाचन हुँदै गत महिना सोलुखुम्बुमा उनलाई जुत्ता हानिएको घट्नासम्म आइपुगेको छ ।
त्यसैगरी पत्रिकाको न्यूजप्रिन्ट रोक्ने, भारतीय बहुराष्ट्रियता कम्पनीहरुको बिज्ञापन रोक्ने तथा नेपाली मिडियाका बिरुद्धमा बिज्ञप्ति जारी गर्नेसम्मको कामले गर्दा नेपाल भित्र राजदूत सुदको कार्यशैलीलाई लिएर व्यापक अलोचना भइरहेको छ ।
दी टेलीग्राफका अनुसार प्रसाल पनि यसअघि सुद जस्तै अफगानिस्तानका राजदूत भइसकेका छन् । उनका बाबु इतिहासकार विमल प्रसाद सन् १९९० मा नेपालका राजदूत रहेको र त्यसको राम्रो स्मरण नेपालीमा रहेको पनि उल्लेख गरिएको छ ।

Comments :

0 comments to “बिबादित बन्दै गएका भारतीय राजदूत राकेश सुदलाई भारतले फिर्ता बोलाउन लागेको संचारमाध्यमको दावी ”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger