(२०६७ मसिर २३, विहीवार)
भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले रौतहटको टिकुलियाका आधादर्जन नेपाली नागरीकलाई निर्घात कुटपिट गरेका छन् । विहीबार विहान नेपाल प्रबेश गरेका एसएसबीका जवानले टिकुलीया गाविस ९ का आधा दर्जन सर्वसाधारणमाथी कुटपिट गरेका हुन् ।
एसएसबीको कुटपिटबाट गम्भीर घाईते भएका शम्भु शाहको जिल्ला अस्पताल गौरमा उपचार भईरहेको छ । एसएसबीको कुटपिटपछि आक्रोशित स्थानीयले भारतीय सीमा सुरक्षा बलका जवान सुरेन्द्रकुमार चौधरीलाई नियन्त्रणमा लिई कुटपिट गर्न खोज्दा नेपाल प्रहरीले बचाएको थियो । घटनापछि केहीबेर टिकुलीया क्षेत्र तनावग्रस्त बनेको थियो ।
भारतबाट मल ल्याएर घर फर्कदै गरेका स्थानीयको मल खोसेर पछ्याउँदै आएका एस एस बि जवानले अनाहकमा सर्वसाधारणलाई कुटपिट गरेको सर्वसाधारणको भनाई छ ।










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “एसएसीबीका जवान द्वारा आधा दर्जन नेपाली कुटपिट, एक गम्भीर घाईते ”
Post a Comment