शुक्रवार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा प्रकाशले बाहिर आएजस्तो उपाध्यक्ष भट्टराईलाई कारवाही गर्न पार्टीको केन्द्रीय कमिटिको बैठक नबोलाएको दावी गर्नुभयो ।
उहाँले भन्नुभयो,’कम्यूनिष्ट पार्टीभित्र धेरै विचार हुन्छन् । कसैलाई भिन्न विचार राखेकै आधारमा कहिल्यै कारवाही हुँदैन । कम्यूनिष्ट पार्टीमा जति अन्र्तसंघर्ष र बैचारिक संघर्ष हुन्छ त्यती पार्टीको लाईन धारिलो हुनछ र पार्टी एकीकृत हुन्छ ।’
उहाँले पार्टी लाईनलाई कसरी कार्यान्वय गर्ने र पार्टीलाई ब्यवस्थित बनाउने भन्ने विषयलाई लिएर बोलाएको दावी समेत गर्नुभयो ।
माओवादी उपाध्यक्ष प्रकाशले २५ गतेबाट सुरु हुने संसदको नियमित अधिवेशनबाट नयाँ सरकार गठन गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो,’मुलुकलाई अझै सरकार विहीनताको अवस्थामा अनिर्णयको बन्दी राख्न हुँदैन । हाम्रो पार्टी सबै विकल्पमा खुल्ला छ ।’
माओवादीकै नेतृत्वमा राष्ट्रियसरकार निर्माण गर्नु पहिलो विकल्प भएको भन्दै उपाध्यक्ष प्रकाशले त्यस्तो हुन नसके राष्ट्रिय स्वाधिनताका पक्षधर र शान्ति संविधानलाई निश्कर्षमा पुर्याउन सक्ने नेताको नेतृत्वलाई सहयोग गरेर नयाँ सरकार निर्माण गर्नेस्पष्ट पार्नुभयो ।










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “भट्टराईमाथि कारवाही हुँदैनः प्रकाश”
Post a Comment