१६ पौष, काठमाडौं । प्रधानमन्त्री माधबकुमार नेपालले राजीनामा दिएको शुक्रबार ठिक ६ महिना पूरा भएको छ । कामचलाउ सरकारले यति लामो समयसम्म मुलुक चलाएको यो नै पहिलोपटक हो ।
राष्ट्रिय सहमतिका लागि भन्दै गत असार १६ गते प्रधानमन्त्री नेपालले पदबाट राजीनामा दिए पनि शक्ति बाँडफाँटमा दलहरुबीच कुरा मिल्न नसक्दा नयाँ सरकार गठनमा ढिलाई भएको हो ।
प्रधानमन्त्रीका तीन प्रतिस्पर्धीमध्ये पछिल्लो चरणमा आइपुग्दासम्म नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेल मात्रै चुनाबि मैदानमा हुनुहुन्छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष झलनाथ खनालले भने यसअघि नै उमेदवारी फिर्ता लिइसक्नु भएको छ ।
प्रधानमन्त्री चयनको १७ औं चरणको निर्बाचन पछि अधिवेशन अन्त्य भए पछि अर्को अधिवेशनमा प्रधानमन्त्रीको उम्मेदवारी कायम रहने की नरहने भन्नेमा दलहरुबीच विवाद कायम छ । दलहरुबीचको यो विवादका कारण कामचलाउ सरकार अझै लम्बिने पक्का भएको छ ।










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “कामचलाउ सरकार इतिहास रच्दै”
Post a Comment