नेपाली समाज कुवेतमा बिगत केही महिनायता कृयाशिल रहि सामाजिक क्षेत्रमा सेमत अग्रसरता जनाएको जन-जाग्रिती युवा समाज कुवेतले आगामी ०७ जनवरी २०११ को दिन, दिनको ठीक २.०० बजेदेखी कुवेतको मालियास्थित एसिया-एसिया होटलमा भव्यतापुर्वक साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । नेपालबाट झिकाईएकी ख्यातिप्राप्त कलाकार रेश्मा सुनुवार लगायत नेपालकुवेत साँस्कृतिक मञ्चका स्थानिय कलाकारहरुको साथमा र मरुभुमिको कोसेलीको सह-प्रायोजनमा जन-जाग्रिती युवा समाज कुवेतले आफ्नो पहिलो प्रस्तुती स्वरुप यो साँस्कृतिक कार्यक्रम गर्ने भएको हो ।
खासगरी कुवेतको फर्वानीया अस्पातलमा बिगत ५ वर्षदेखी जीबन र मृत्युको दोसाँधमा अल्मलीई रहेकी असाहय नेपाली चेली शान्तीमाया दोङ्गको सहयोगार्थ: प्रस्तुत गरिन लागेको यस साँस्कृतिक प्रहसनको पूर्ण रुपमा तयारी भईसकेको संस्थाका अध्यक्ष श्री दिपक क्षेत्रीज्यूले जानकारी दिनु भयो । यस कार्यक्रमबाट हुन आउने मुनाफाको ५०% रकम निज शन्तिमाया दोङ्गलाई आर्थिक सहयोग र अन्य सामाजिक कार्यमा समेत लगानी गरिने पनि अध्यक्ष श्री क्षेत्रीले बताउनु भयो ।
बिशेषगरी नेपालबाट ३ ख्यातीप्राप्त कलाकारहरु (निशा सुनार, पशुपती शर्मा र रेश्मा सुनुवार) झिकाई प्रस्तुत गरिने भनिएको यस कार्यक्रममा रेश्मा सुनुवार शिवाय अन्य कलाकारहरुको भिषा सम्बन्धी केही ढिलाई भएको कारणले गर्दा वहाँहरु यस कार्यक्रममा सहभागी हुन नसक्ने र बाँकी कलाकारहरु नेपालकुबेत सास्कृतिक मञ्चले आफ्ना स्थानिय नेपाली कलाकारको तयारी गरिरहेको पनि अध्यक्ष श्री क्षेत्रीले जानकारी दिंदै, कुवेतवासी सम्पूर्ण नेपाली जनसमुदायलाई नयाँ वर्षको शुभकामना सहित उक्त कार्यक्रममा उपस्थितिको लागि हार्दिक आमन्त्रणा गर्नु भएको छ ।









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “०७ जनवरी २०११ मा जन-जाग्रिती युवासमाज कुवेतले साँस्कृतिक कार्यक्रम गर्ने”
Post a Comment