Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

राकेससुदलाई फेरि कालो झण्डा

धनकुटा। नेपालका लागि भारतका राजदूत राकेश सुदलाई आज धनकुटामा एकीकृत नेकपा -माओवादी)का कार्यकर्ताले नारा जुलुससहित कालो झण्डा देखाएका छन् ।
भारत सरकारको सहयोगमा निर्माण भएको धनकुटा नगरपालिका-६ स्थित गोकुण्डेश्वर उच्चमावि भवनको उद्घाटन गर्न आउनु भएका भारतीय राजदूत सुदलाई आज एमाओवादीका कार्यकर्ताले नाराजुलुस गर्दै कालो झण्डा देखाएका हुन् ।
कडा सुरक्षा व्यवस्थाका साथ राजदूत सुद आउँदै गर्दा एमाओवादीका कार्यकर्ताले धनकुटा बहुमुखी क्याम्पस ढोकामा भारत सरकारको विरोधमा नारा जुलुस गरेका थिए ।
यसैबीच राजदूत सुदले भारत सरकारको सहयोगमा धनकुटा नगरपालिका-६ स्थित सिरान बजारमा निर्माण भएको गोकुण्डेश्वर उच्चमावि भवनको आजै उद्घाटन गर्नुभयो ।
सो अवसरमा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले भारत सरकारको सहयोग नेपाललाई अपरिहार्य भएको बताउँदै नेपालको विकासमा भारत सरकारले गरिरहेको सहयोगको प्रशंसासमेत गर्नुभयो ।
सो विद्यालय भवन भारत सरकारको करिब रु ४३ लाखको सहयोगमा निर्माण गरिएको हो ।
आजै राजदूत सुदले भारतीय राजदूतावासको सहयोगमा नेपाल नेत्रज्योति सङ्घले सञ्चालन गरेको आँखा शिविरको उद्घाटन गर्दै आँखा परीक्षण गराएका बिरामीलाई चश्मासमेत वितरण गर्नुभएको थियो ।

Comments :

0 comments to “राकेससुदलाई फेरि कालो झण्डा”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger