Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

युनिटी अध्यक्ष प्रसाद गुरुङको अपिल

वर्षौंदेखि राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने प्रेरणाले ओतप्रोत भएको समूह आफ्नो विदेशको लामो अनुभव र अध्ययन गरी करिब ५ वर्ष अगाडि युनिटी ग्रुपको नामबाट शिक्षा स्वास्थ्य सुरक्षा अर्थ र रोजगार जस्ता कुराहरुलाई मुख्य उद्देश्य मानी नेपालमा उद्देश्यअनुरुप आफ्नो साजालको साथसाथै कार्य विस्तार गर्दै आएको कुरा त समस्त युनिटीयन र सरोकारवालालाई थाहा भएकै कुरा हो । हामीले खोलेको र साचालनमा ल्याएका कम्पनीहरु कम्पनीकै कामको प्रकृतिअनुसार सरकारको सम्बन्धित निकायहरुमा दर्ता गरी साचालन गर्दै आएको र लघु योजनाअन्तर्गत बिमा र छरिएको पुँजी संकलनका लागि पनि र बिमा कम्पनीहरु र सहकारीमा सहकार्य गर्दै अगाडि बढिरहेको अवस्थामा विगत ६ महिना अगाडि वर्तमान कामचलाउ सरकारले बिना कुनै सूचना एकाएक गुण्डागर्दी शैलीबाट सम्पूर्ण साचालित कम्पनीहरु बन्द गर्ने काम गरियो र साचालकलाई मोस्ट वान्टेडको सूचीमा राखी धरपकड गर्ने र लिडर तथा सदस्यहरुलाई पनि अनायस दुःख दिने र बिनाकारण जेलमा राख्ने काम गरियो । यति हुँदा पनि हामी साचालक र लाखौं युनिटीयनहरुको संयमताको कारण अहिलेको विषम परिस्थितिका बाबजुद पनि हामी न्यायालयको ढोकादेखि सम्बन्धित निकायहरुमा बारम्बार प्रत्यक्ष परोक्ष तथा मिडियामार्फत अनुरोध गर्दै हामीलाई सम्पूर्ण जनताको बीचमा सार्वजनिक हुन दिइयोस् मोस्ट वान्टेडको सूचीबाट हटाइयोस् फिर्ता लिन चाहने सम्पूर्ण सदस्यहरुको हकमा हामी रकम फिर्ता दिन तयार छौं त्यसमा पनि हाम्रो नयाँ किसिमको काम भएकाले कानुनतः कहीँ कतै नमिलेको भए मिलाउन तयार छांै र लघुवित्त परियोजनाअन्तर्गत पारदर्शी योजनाहरुको बुझाइका केही फरक भएको हुन सक्छ त्यसमा पनि हामी वार्ताको टेबलबाट हाम्रो सबै कार्यक्रम र योजनाहरु सार्वजनिक गर्ने प्रतिबद्धता सरकारसमक्ष बारम्बार व्यक्त गरेको कुरा समस्त युनिटियन तथा सरोकारवालाहरुलाई जानकारी गराउन चाहन्छु ।
अबको यस अन्तिम निकासको घडीमा हरेक पक्षबाट पहल भइरहेको र प्रधानमन्त्रीदेखि अन्य सम्बन्धित निकायहरु संवेदनशील भई युनिटीको सरल निकास दिनु आजको प्रमुख आवश्यकता हो र लाखौं नेपालीहरुको भत्किएको संरचना पुनर्निर्माण र राष्ट्रका लागि पनि २१ औं शताब्दीको समयमा युनिटीको अपरिहार्यता भएकोले म मेरो टिमलगायत सम्पूर्ण पक्षको माग रहेको छ । तसर्थ चौतर्फी युनिटीको निकासको माग भइरहेको अवस्थामा निकास नदिनु भनेको वर्तमान सरकार नभएर सरकारका केही जिम्मेवार व्यक्तिहरु कतै गलत गिरोहबाट परिचालन भएको र जसको जिम्मेवारी अनायस रुपमा सरकारले लिनुपर्ने र समग्र एमाले पार्टीलाई नै सोच्नुपर्ने अवस्था आउन सक्ने समेतको जानकारी गराउँदै समस्त युनिटियनहरु र सम्पूर्ण सरोकारवालाहरुलाई अरु धैर्यताको अपिल गर्न चाहन्छु ।

काशिराम गुरुङ
अध्यक्ष
युनिटी ग्रुप जाउलाखेल ललितपुर

वातावरण बनाऊ ः युनिटी साचालक
काठमाडौं । सरकारद्वारा बिनाकारण युनिटीलाइफ इन्टरनेसनल लिमिटेडलाई बन्देज लगाएपछि सो कम्पनीका कामकारबाही प्रायः ठप्प भइरहेका बेला सरोकारवालाहरुले युनिटीबारे स्पष्ट सरकारी धारणा सार्वजनिक गर्न माग गरेका छन् । सरकारले लामो समयसम्म युनिटीबारे अन्योल सिर्जना गरेकाले लाखौं नेपाली जनताको लगानी के हुने भन्ने चिन्ता र चासो व्यक्त भइरहँदा युनिटीका साचालकहरुले भने विभिन्न छापा र विद्युतीय साचारमाध्यममार्फत जनताको पैसा फिर्ता गर्न तयार रहेको बताइरहेका छन् । तर सरकारले युनिटीका साचालकहरुलाई लगाएको झूटा मुद्दा फिर्ता गरी वार्ता गर्ने वातावरण मिलाउन उनीहरुले माग गरेका छन् । गल्ती भए सजाय भोग्न तयार छु भन्दाभन्दै पनि सरकारले युनिटी साचालकहरुलाई आफ्नो कुरा राख्ने वातावरण नबनाउनुले सरकारकै असक्षमता छ भन्ने बुझिएको छ ।
यसैबीच युनिटी अध्यक्ष काशीरामप्रसाद गुरुङले हालै केही टेलिभिजनमार्फत सरकारी पद्धतिअनुसार दर्ता गरेर साचालनमा ल्याइएको सो कम्पनी र साचालकहरु ठग सावित हुन नसक्ने दाबी गर्नुभएको छ । उहाँले वार्ताका लागि आफूहरु तयार रहेको भन्दै सुरक्षासहित त्यसको ग्यारेन्टी गरे आफूले सबै कुरा खुलस्त पार्ने बताउनुभएको छ । उहाँले दश वर्षमा देशको मुहार फेर्ने अभियानमा लागेको युनिटीलाई सरकारका केही व्यक्तिहरुको षड्यन्त्रले फसाउन खोजिएको भए पनि अझै केही नबिग्रेको र वार्ताको वातावरण मिलाए पुनः सबै कुरा स्पष्ट भएपछि युनिटी साचालन गरिने बताउनुका साथै दश वर्षमा देशको मुहार फेर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै युनिटीका प्रबन्ध निर्देशक विष्णु क्षेत्रीले पनि अविलम्ब मोस्ट वान्टेडको सूचीबाट हटाएर वार्तामार्फत सबै कुरा प्रस्ट पार्ने वातावरण सिर्जना गर्न आग्रह गर्नुभएको छ । अध्यक्ष गुरुङले हालै एक अपिल प्रकाशित गर्दै युनिटीको सरल निकास दिन आफूहरु तयार रहेको बताउनुभएको छ । गुरुङले वार्ताको टेबलबाट सबै कार्यक्रम र योजना सार्वजनिक गर्न आफू तयार रहेको बताउनुभएको छ ।
यसैबीच राष्ट्रपति रामवरण यादवले युनिटीले आफ्नो फोटो दुरुपयोग गर् यो भनेर भ्रम सिर्जना गर्नुभएकोमा पनि साचालकहरुले आपत्ति जनाएका छन् । राष्ट्रपति यादवले केही समय पहिले युनिटीका साचालकलाई सम्मान गरेका थिए । त्यो फोटो युनिटीले आफ्नो स्मारिकामा छापेको थियो । सो कार्यक्रममा सम्मान गरिएको भिडियो टेप समेत आफुहरुसँग सुरक्षित रहेको साचालकले बताएका छन् ।

Comments :

0 comments to “युनिटी अध्यक्ष प्रसाद गुरुङको अपिल”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger