Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

आज १९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

आज डिसेम्वर ३ अर्थात १९औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, नेपाल लगायत विश्वभरमा बिभिन्न कार्यक्रम गरेर मनाइदैछ । नेपालमा भने राष्ट्रिय अपाङ्ग महासंघले दिवस साताव्यापी रुपमा मनाउने भएको छ ।
नेपालमा अपाङ्गता भएकाहरुको एकिन तथ्याङ्क नभएपनि अपाङ्गता भएकाहरुको क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरुले २५ लाख भन्दा बढिको संख्यामा अपाङ्गता भएकाहरु रहेको बताएका छन् । अन्तर्राष्ट्रिय दिवसको साताव्यापी कार्यक्रम अन्तर्गत आज महासंघले राष्ट्रिय सभागृहवाट शान्ति पदयात्रा गर्ने र खुलामञ्चमा एक कार्यक्रमका वीच समापन गर्ने जनाएको छ ।
आजै महासंघले विभिन्न विद्युतिय सञ्चार माध्यममा सरोकारवालाहरु वीच अन्तरक्रिय गर्नुका साथै अपाङ्ग भएका महिला माथि हुने हिंसा अन्त्यकालगि हाम्रो र सरोकारवालहरुको भूमिका विषयक निवन्ध प्रतियोगिता गर्ने जनाएको छ । यसवर्षको अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको नारा प्रतिवद्धताको सम्मान : २०१० सम्म र पछि सहस्राव्दी विकास लक्ष्यहरुमा मूल प्रवाहीकरण तय गरिएको छ ।

यसैबीच प्रत्येक वर्ष अन्तराष्ट्रिय अपाङ्गता दिवसमा प्रदान गरिने अपाङ्गता प्रतिभा पुरस्कार आज विभिन्न अपाङगता भएकाहरुलाई प्रदान गरिने राष्ट्रिय अपाङ्गता कोषले जनाएको छ ।
यसैगरी ‘प्रतिवद्धताको सम्मान सन् २०१५ र सहस्राब्दी विकास लक्ष्यमा अपाङ्गताको मूलप्रवाहीकरण’ भन्ने विश्वव्यापी मूलनाराका साथ १९ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस आज नेपालमा पनि मनाइँदैछ ।
यस अवसरमा प्रधानमन्त्री माधवकुमार नेपालले यस क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी सङ्घसंस्था एवम् अपाङ्गता भएका दाजुभाइ, दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
अपाङ्गता भएका व्यक्ति तथा संस्थाले देशको आर्थिक तथा सामाजिक विकासमा पुर्‍याएको योगदान प्रशंसनीय छ भन्दै उहाँले आज अपाङ्गता भएका व्यक्तिलाई दया र मायाको दृष्टिकोणले नभई उचित अनुकुलताको आधारमा समावेशीकरण र विकास निर्माणमा मूल प्रवाहीकरण गर्दै गौरव एवम् स्वाभिमानपूर्वक जीवनयापन गर्नसक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूका लागि विकासवादी सोचाइ, सहजीकरणका कार्यक्रमहरू, उनीहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिको आन्तरिकीकरण र कार्यान्वयन तथा समुदायमा आधारित पुनःस्थापना, शिक्षा, स्वास्थ्य, रोजगारी, खेलकुद, साधन, स्रोत र सेवामा सहज पहुँच, साङ्केतिक भाषाको उपलब्धताजस्ता आधारभूत क्रियाकलापहरूलाई मौलिक अधिकारको रूपमा स्थापित गर्नु हामी सबैको साझा कर्तव्य हुन आउँछ भन्दै उहाँले यसप्रति सरकार प्रतिवद्ध रहेको विश्वास दिलाउनुभएको छ ।
यसैगरी, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालाले यस दिवसले अपाङ्गता भएका व्यक्तिहरूले सम्मान र स्वतन्त्रतापूर्वक जीवनयापन गर्न र उनीहरूलाई सक्षम र सबल नागरिक तुल्याउने हामी सबैको साझा प्रयासमा थप प्रेरणा दिनेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
यसै उपलक्ष्यमा महिला बालबालिका तथा समाजकल्याण मन्त्री सर्वदेवप्रसाद ओझाले दिनुभएको सन्देशमा अपाङ्गता भएका व्यक्तिलाई आम नागरिक सरह सम्मानपूर्ण जीवनयापनका लागि अधिकारमुखी दृष्टिकोणबाट नीतिगत एवम् कानुनी व्यवस्थाद्वारा सेवा, सुविधा र संरक्षणको सुनिश्चितता प्रदान गर्न सरकार जागरुक छ भन्नुभएको छ ।
उहाँले राष्ट्रिय जीवनका यावत् पक्षमा अपाङ्गता भएका व्यक्तिको समानुपातिक सहभागिताको समेत सुनिश्चितता प्रदान गर्न सबैको सहयोग र योगदान हुने अपेक्षा गर्नुभएको छ ।
 

Comments :

0 comments to “आज १९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger